ताजा समाचार:
Search

बाग्लुङमा नेकपाको बागी फिर्ता हुन्छ : प्रचण्ड

पोखरा, २२ कात्तिक  

नेपाल कम्युनिष्ट पार्टीे (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न उपनिर्वाचनमा नेकपाले नै जित्ने दाबी गरेका छन् । ेकपा कास्कीले शुक्रबार आयोजना गरेको जिल्लास्तरीय बृहत कार्यकर्ता प्रशिक्षण भेलाका लागि बिहिबारै पोखरा आएका प्रचण्डले पत्रकारसँग कुराकानी गर्दै निर्वाचनमा नेकपाले जित्ने बताएका हुन् ।

बिहिबार नेकपाको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । प्रचण्डले उनलाई अग्रिम बधाई पनि दिए । बाग्लुङ २ ख को प्रदेशसभा निर्वाचनमा नेकपाको बागीको विषयमा पनि उनले प्रतिक्रिया दिए । “हाम्रो जनमोर्चासँग समझदारी भएको हो, पार्टीको हो भने भोलिपर्सिमा फिर्ता लिनुहुन्छ, अरु हो भने हामीलाई मतलब भएन ।” उनले भने ।

यस्तै, उनले उपसभामुखलाई फिर्ता बोलाउने वा राजीनामा दिनेबारे केही कुरा नै नभएको जनाएका छन् । सञ्चारमाध्यममा उपसभामुखलाई राजीनामा गराउने भन्ने आएको छ नि भन्ने प्रश्नमा उनले भने, “राजीनामा मागेका छैनौँ, अहिले त्यस्तो केही भएको छैन ।”

यस्तै, उनले हालै भारतले सार्वजनिक गरेको नक्सामा आपत्ति प्रकट गरे । “मैले मोदीसँगको भेटमा गलत भएको छ पुनर्विचार गर्नुपर्छ भनेको थिएँ, अब त कालापानी पनि भित्र पारिएपछि त्यो मान्य हुने कुरा नै छैन्, सरकारले कूटनीतिक पहल गर्छ, देशको अखण्डता र सार्वभौमिकतामा हामीले कुनै कम्प्रमाइज गर्दैनौँ ।”

उनले राष्ट्रियताका विषयमा सबै एक ढिक्का हुने र सार्वभौम अधिकार विरुद्ध हुने कुनैपनि गतिविधि सह्य नहुने बताए । नेपालको भौगोलिक अखण्डताबारे सिंगो राष्ट्र एक ठाउँमा उभिने भन्दै राष्ट्रिय अखण्डता, सार्वभौमसत्तामा कहि कतै सम्झौता गर्ने र लचिलो हुने भन्ने सवाल नहुने उनको दाबी छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न हुने उनले दाबी गरे । कास्की क्षेत्र नम्बर २ को निर्वाचनले देशभरिनै प्रभाव पार्ने भएकाले निर्वाचन सम्पन्न भएर नतिजा नआएसम्म एक ढिक्का हुन नेता कार्यकतालाई उनले आग्रह गरे ।dhorpatan news