ताजा समाचार:
Search

नेपाली भूभाग मिचिएको विरोधमा अनेरास्ववियुद्धारा विरोध प्रदर्शन

विकल्प न्यूज/बेनी
कार्तिक २० गते । 

भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा नेकपा समिर्थत अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी म्याग्दीले संयुक्त रुपमा बुधवार साँझ बेनीको क्याम्पसचोकमा विरोध सभा गरेका छन् ।

प्रदर्शनमा ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इण्डिया’को नारा लेखिएको कालो व्यानर राखेर विरोध सभा गरेका थिए ।
विरोध सभामा वोल्ने विद्यार्थी नेताहरुले भारतीय विस्तारवादको चर्को रुपमा विरोध गरेका थिए ।

कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य सुदिन पौडेल,अनेरास्ववियु म्याग्दीका अध्यक्ष सुवास विक,अनेरास्ववियु क्रान्तिकारीका कार्यवाहक अध्यक्ष गणेश शर्मा र स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पसका कार्यवहाक अध्यक्ष इश्वर सुवेदीले भारतिय पक्षले नेपालको भूभागलाई अतिक्रमण गरेर आफ्नो नक्सामा राख्नु विस्तारवादी कदम भएकाले तत्काल सच्चाउन माग गरेका थिए ।