लोकदिप सहकारीमा नयाँ सञ्चालक समिति चयन

विकल्प न्यूज/बेनी
कार्तिक १६ गते ।  
सहकारीले उत्पादनमुखी क्षेत्रलाई प्राथमिता दिएर लगानी गर्नुपर्नेमा जोड दिइएको छ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशन तथा छैंठौ साधारणसभा शनिबार उद्घाटन गदैं बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सहकारीले साना ब्यवसायीलाई लक्षित गरी उत्पादनमुखी क्षेत्रमा लगानीमा जोड दिनुभयो ।

मेयर श्रेष्ठले सहकारीमार्फत एउटा शिर्षकमा ऋण लिएर घरायसी तथा अन्य प्रयोजनमा खर्च गर्ने प्रबृत्तिलाई निरुत्साहित गर्ने अभियानमा समेत प्राथमिकता दिनुपर्नेब बताउनुभयो ।

बेनी नगरपालिका भित्र रहेका सहकारीले एकल तथा सामुहिक लगानीमा कृषि, पशुपालन लगाएत उत्पादनमुखी क्षेत्रमा ग्रामिण केन्द्रित लगानी गर्नुपर्ने बताउनुभयो ।

साधारणसभाको अवसरमा सहकारी संघ म्याग्दीकी सचिव ज्योति लामिछाने पौडेलले आर्थिक रुपमा आत्मनिर्भर बनाउन सहकारीमार्फत सम्भव भएकाले बेरोजगारीको अन्त्य र गरिबी निवारणमा सहकारीले भूमिका खेलेको बताउनुभयो । उहाँले सहकारीबीच सहकार्यको अभावमा सहकारीमा खराव मानसिकता भएका सेवाग्राहीले समस्यामा पार्ने गरेको बताउँदै सहकारी संघमा आवद्ध भएर अगाडी बढ्न अनुरोध गर्नुभयो । साधारणसभामा सेयर सदस्यको तर्फबाट विष्णुकुमारी गौतमले मन्तब्य राख्नुभएको थियो भने बेनपा १ रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलको समेत उपस्थिीति रहेको थियो ।

सोही अवसरमा मृगौला पीडित बेनी नगरपालिका वडा नं ५ का सेयर सदस्य डेकनाथ शर्मालाई १० हजार र आगलागी पीडित भिमनाथ उपाध्यायलाई ५ हजार सहयोग हस्तान्तरण गरिएको थियो । सोही अवसरमा सेयर सदस्यमार्फत उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, उत्कृष्ट ऋणी तथा वचतकर्तासहितलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सचिव ओमप्रकाश शर्माले वार्षिक प्रतिवेदन,लेखा समिति कमलप्रसाद ढुंगानाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

आ.ब. २०७५/०७६ मा रु. ७ करोड ७७ लाख ६१२६, बचत ८ करोड ३१ लाख २ ४४४ बचत, १० करोड रेमिट्यान्स सहित ३० करोड कारोबार गरिएको जनाएको छ ।यसैबीच तेस्रो अधिवेशनबाट अध्यक्षमा हरिकृष्ण गौतम, उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठ, सचिव ओमप्रसाद शर्मा,कोषाध्यक्ष देबेन्द्र पौडेल रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा अर्जुन पौडेल, शर्मिला जोशी श्रेष्ठ, प्रकाश सुबेदी, भिमनाथ शर्मा, कुमार ढुंगाना,भागीरथ आचार्य र गोविन्द प्रसाद रिजाल चयन भएका छन् । त्यसैगरी लेखा समितिको संयोजक कमलप्रसाद ढुंगाना, लक्ष्मण शर्मा र सञ्जन चौधरी चयन भएका छन् ।