तरुण दल र नेविसंघद्धारा लभ्लिहिलमा सरसफाई

विकल्प न्यूज/ बेनी
कार्तिक १५ गते ।
नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले बेनी बजार देखी नजिकैमा रहेको पर्यटकीय स्थल लभ्लीहील सरसफाई गरेका छन् ।
बेनी नगरपालिका वडा न ७ को तरुण दलका अध्यक्ष सोहन श्रेष्ठ विश्वासको संयोजनमा ने बी संघ र तरुणले घुम्न लभ्लीहील घुम्न गएका पर्यटकहरुले गरेको फोहोरले संकलन गरि नष्ट गरेका हुन् ।

लभ्लीहील पुगेपछी बेनी बजार जती सुन्दर देखीन्छ त्यो सुन्दरतालाई त्यहाँको फोहोरले सुन्दरता माथी नै प्र्रश्न उठ्न थालेपछी युवाहरु १५ बोरा फोहोर संकलन गरेर जलेश्वरमा रहेको डम्पीङ साईडमा लगेर नै नष्ट गरेका छन् ।

हामीले बेनी बजारलाई क्लीन बनाउन एउटा अभियान नै थालनी गरेका छौँ नेपाली काँग्रेस म्याग्दीका सह–सचिव युवा नेता भरतबहादुर रकालले भने, बेनी आउने पर्यटकले स्वच्छ बेनी बजार हेर्न लभ्ली पुगेपछी त्यहाँको फोहोरले बेनी बजारको सुन्दरतामा नै प्रश्न उठ्न थालेपछी हामीले सरसफाई गरेका हाँै ।

सरसफाईमा दरुण दल जिल्ला कार्यसमितीका सचिव सुमन बानियाँ, नेबी संघका युवा नेता निर्मल खत्री, तरुण दल बेनपा ९ का अध्यक्ष रामचन्द्र कार्की, जिल्ला सदस्य सिजन शाही, देपेश बानियाँ लगाएतले सरसफाई गरेका हुन् । यस्ता कार्यक्रमहरु निरन्तर गर्ने बताएका छन् ।