भजनकिर्तन सहित बेनीका चाेकचाेकमा गाईपुजा (फाेटाेफिचर)

विकल्प न्युज / बेनी

कार्तिक ११गते । अाज गाईतिहारकाे अवसरमा बेनी का चाेकहरूमा भजन किर्तन सहित सामुहिकरूपमा गाईपुजा गरिएकाे छ ।

गण्डकी गाेपाल गौशाला जलजला ७ धाईरिङले बेनि बजारमा भजनकिर्तन सहित गाईपुजाकाे व्यवस्था मिलाएकाे धाईरिङ बेनि समाजका अध्यक्ष शेरबहादुर केसिले जानकारि दिनुभयाे । गाईकाे बाच्छिसहित समाजका सदस्य र भजन समूहले बेनि बजार परिक्रमा गरेका थिए ।

घरै अगाडि गाईपुजा गर्न पाउदाा बजारबासि खुसि भएका थिए । गाईकाे पुजा गर्न सर्वसाधारणहरूकाे निकै भिड लागेकाे थियाे ।