यस्तो छ मुस्ताङको प्राचिन झोङ गुफा (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य/मुस्ताङ
कार्तिक १६ गते ।

हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिकाको छोसेर स्थित पुरातात्विक महत्वको झोङ गुफा लोमान्थाङ पुग्ने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

लोमान्थाङ पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरु झोङ गुफाको अवलोकन गर्न पुग्ने गर्दछन् । पहाडमा निर्मित यो गुफा सात तलाको छ । गुफामा एकसय ८ कोठा रहेका छन् ।

प्रत्येक तलाबाट बाहिर हेर्नका लागि प्वाल बनाइएको छ । करिब २५ सय वर्ष पहिला सत्रुसँगको लडाईबाट बच्नका लागि पहाडलाई खोपेर गुफा निर्माण गरिएको भन्ने विश्वास छ । गुफा भित्र प्राचिन कालमा प्रयोग भएका सामाग्रीहरु पनि छन् ।

पछिल्लो समय गुफाको अध्ययन, अनुसन्धान र गुफामा पुग्ने पर्यटकहरुको संख्या बढ्दै जान थालेको गुफा व्यवस्थापक युटिन गुरुङले बताउनुभयो । गुफाको अवलोकनमा नेपाली पर्यटकहरु धेरै आउने गरेको उहाँको भनाई छ ।