ताजा समाचार:
Search

अन्नपुर्ण गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न

सुरेन गुरुङ/ विकल्प न्युज
पोखरेबगर , कात्तिक ३ गते । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा आइतबार सो विशेष गाउँसभा सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा बसेको विशेष गाउँसभाले ११ विद्येयक पारित गरेको छ । विशेष गाउँसभाको गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले पछिल्लो समय समायोजनले गर्दा गाउँपालिकामा कर्मचारी अभाब भएको बताउनभुयो । कर्मचारी अभावले गर्दा गाउँपालिकाको प्रशानिक सेवा प्रवाहका कामलाई प्रभावकारी बनाउन नसकेको बताउनुभयो । नागरिकलाई सहज तथा सरल रुपमा सेवा सुविधा प्रदान गर्न गाउँपालिका प्रयासरत रहेको उहाँको भनाई छ । गाउँपालिकामा संचालित विकास निर्माणका योजनाहरुलाई समयमै सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उपभोक्ता समिति मार्फत गरिएका विकास निर्माणका योजनाहरुको भुक्तानी सहज बनाउने गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले बताउनुभयो । विशेष गाउँसभाले ११ विद्येयक पारित गरेको छ । कार्यक्रम्मा गाउँपालिकाका उपाध्यक्ष केशमाया मगर , प्रमुख प्रशासकिय अधिकृत केदारनाथ शर्मा , कार्यपालिका सदस्य विष्णु दमाईले बोल्नुभएको थियो ।

 


विशेष गाउँसभाबाट पारित भएका ११ विद्येयकहरु
१ अन्नपूर्ण गाउपालिकाको स्थानीय पर्यटक विकास कार्य्बिधि, २९७६
२ अन्नपूर्ण गाउपालिकाको कृषि अनुदान निर्दे्शिका २०७६
३ अन्नपूर्ण गाउपालिकाको सार्वजनिक निजि साझेदारी सम्बन्धि नियामावली २०७६
४ अन्नपूर्ण गाउपालिकाको गाउँ सुत्केरी स्याहार खर्च बितरण कार्य्बिधि २०७६
५ अन्नपूर्ण गाउपालिकाको विपन्न दलित तथा अल्पसंख्यक समुदाय स्वास्थ्य बिमा कार्यक्रम कार्य्बिधि २०७६
६ अन्नपूर्ण गाउपालिकाको खेलकुद संचालन तथा व्यवस्थापन कार्य्बिधि २०७६
७ अन्नपूर्ण गाउपालिकाको लेखा समेति गठन तथा संचालन नियामावली २०७६
८ अन्नपूर्ण गाउपालिकाको सार्वजनिक निजि साझेदारी सम्बन्धि ऐन २०७६
९अन्नपूर्ण गाउपालिकाको शिक्षक नियुक्ति तथा सरुवा कार्य्बिधि २०७६
१० अन्नपूर्ण गाउपालिकाको असाहाय विपन्न सहायत कोष संचालन कार्य्बिधि २०७६
११ अन्नपूर्ण गाउपालिकाको पशु सेवा कार्यक्रम संचालन कार्य्बिधि २०७६ आदी रहेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका लेप्टेन बेल बहादुर पुर्जा ,नेकपा अन्नपुर्ण गाउँपालिका अध्यक्ष खड्क गिरी लगायतले शुभकामना व्यक्त गनुभएको थियो । गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्वर ६ का अध्यक्ष कृष्णप्रसाद बरुवालको संचालन ,सामाजिक विकास तथा युवा खेलकुद संयोजक एवम् वडा नम्बर –२ का अध्यक्ष ओम प्रसाद फगामीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।


कार्यक्रममा बोल्ने वक्ताहरुले लेखापाल नहुँदा गाउँपालिकाबाट हुने भुक्तानीमा समस्या हुने गरेको बताउँदै जनशक्ती व्यवस्थापन गर्न आग्रह गरेका छन् । छिटोछिटो हुने प्रमुख प्रशासकिय अधिकृतको फेरबदलले गाउँपालिकाको सेवा प्रवाहमा समस्या हुने गरेको प्रवक्ता एवम् वडा नम्बर ६ का अध्यक्ष बरुवालले बताउनुभयो ।