ताजा समाचार:
Search

एनआरएनएको नयाँ नेतृत्वको लागि मतदान सुरु

विकल्प न्युज /काठमाण्डौं 

असोज ३० गते ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनको लागि मतदान सुरु भएको छ । बिहीबार बिहान १० बजेबाट हायत होटलमा मतदान सुरु भएको हो । बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका काम सकिएको भएपनि साँझबाट शुरु हुने भनिएको मतदान रोकिएको थियो ।

संघका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य दुई प्यानल बनाएर मैदानमा उत्रिएका छन् । निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन् । बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् ।राटोपाटी