म्याग्देली युवा कलाकार अमर थापाको मूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

विकल्प न्यूज/बेनी
म्याग्दी,फागुन ३ गते ।

म्याग्दी जिल्ला पूलाचौरमा जन्मेका एक म्याग्देली युवा व्यक्ति अमर थापा यतिबेला नेपाली म्युजिक भिडियोको निर्माणमा दिनदिनै ब्यस्त हुन थालेका छन् । उनले भर्खर मात्र एउटा निकै मार्मिक अनि भाबुक लोक दोहोरी गीत हिजोको घाउ झल्को आजको मा मोडलिंग गरेका छन् । समुन्नत समाजको बजार ब्यबस्थापनमा तयार गरिएको यस गीतमा किसन गाहा मगर र देबी घर्तीलॆ आबाज दिएका छन् भने किसन गाहाको लय एबम अबतार शाक्यको शब्द रचना रहेको छ ।

12670217_481085402074628_4360570912129852478_n

यसभन्दा अघि थुप्रै चर्चित गीतहरुमा अभिनय गरेका कलाकार अमरले आशा खड्कासंग आफुलाई मोडल नायकको भूमिकामा प्रस्तुत गरेका छन् । भबिस्यमा राम्रो मुभी गर्ने सोच बनेका अमरले आफुलाई मन परेको गीतहरु सबै विधाका हुने र सबैमा आफुले अभिनय गर्न सक्ने बताउछन ।

amar

भर्खर मात्र रिलिज भएको गीत हिजोको घु झल्को आजको मा उनले आफुलाई निकै भाबुक बनाएको बताउछन र एकदम निराश शैलीमा प्रस्तुत हुदा बास्तबिक जिबनको सम्झना भएको स्मरण गर्छन भाबुक गीतमा अभिनय गरेका अमरले अब रोमान्टिक गीतमा पनि अभिनय गर्ने इच्छा राखेको बताउछन । यसरी दिनप्रतिदिन ब्यस्त बन्दै गैरहेका अमरले आफुलाई थुप्रै अन्य गीतमा पनि अभिनय गर्न अबशर आएको बताउछन । म्युजिक भिडियोमा ब्यस्त बन्दै गैरहेका अमरलाई सफलताको अझ धेरै शुभकामना ।

राजेश बर्देवा, बागलुङ