बाढी पीडितलाई जस्तापाता सहयोग

विकल्प न्यूज/बेनी
असोज १४ गते ।
बेनी नगरपालिका–२ बगरफाँटका बाढी पीडितलाई लायन्स क्लव अफ पोखरा लामाचौरले मंगलबार जस्तापाता सहयोग गरेको छ ।

क्लवका अध्यक्ष सञ्जय लामाको नेतृत्वमा आएको टोलीले पाँच घरपरिवारलाई बाढीले क्षति पु¥याएको घर पुननिर्माणका लागि १८/१८ थानका दरले जस्तापाता उपलब्ध गराएको हो ।

दिपक जुग्जाली, माया परियार, पार्वति परियार, बिष्णु परियार र सेते किसानलाई जस्तापाता सहयोग गरिएको कोतखोला बाढी पिडित राहत संकलन तथा व्यवस्थापन समितिका संयोजक भिमबहादुर रिजाल (राजु)ले जानकारी दिनुभयो ।

वडा अध्यक्ष हिराबहादुर थापाको उपस्थितिमा जस्तापाता वितरण गरिएको थियो । असोज ४ गते कोतखोलामा आएको बाढीले बगाउँदा वेपत्ता भएकी एक बालिकाको शव भेटिएको छ । एक जना अझै वेपत्ता छिन् । ५ वटा घर र वुद्ध एकेडेमीको भवनमा क्षति पुगेको थियो ।

बाढी पिडितहरुलाई विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको संयोजक रिजालले बताउनुभयो । सहयोग जुटाउन कैलाश बैङ्क बेनी शाखामा संयोजक रिजाल, उषा घर्ति (घिमिरे) र इन्द्रबहादुर जिसीको नाममा खाता खोलीएको छ ।