ताजा समाचार:
Search

गुड नेवर्सद्धारा उपचार खर्च सहयोग

विकल्प न्यूज/बेनी
असोज १४ गते ।
म्याग्दीको धवलागिरी गाउँपालिकामा सामुदायिक विकास परियोजना सञ्चालन गरेको गुड नेवर्स इन्टरनेशनलले एक बालिकालाई उपचार खर्च सहयोग गरेको छ ।

जटिल प्रकारको निमोनियाबाट बिरामी भएकी धवलागिरी गाउँपालिका –४ बगरकी निशा पुनलाई उपचार खर्च वापत मंगलबार ४९ हजार ९३० रुपैयाँ सहयोग गरेको हो । पोखराको जनप्रिय माविको कक्षा ८ मा अध्ययनरत परियोजनाकी प्रायोजित विद्यार्थी हुन् ।

गुड नेवर्स इन्टरनेशनलका प्रायोजन सेवा तथा बाल संरक्षण अधिकृत सुर्यमान नगरकोटी, सेफ परियोजनाका संयोजक राजु घिमिरे, संगम म्याग्दीका अध्यक्ष दिपक पौडेल, कदमकी जनस्वास्थ्य सहायक निरमाया मिजार, शिक्षा विकास अधिकृत चन्द्रप्रकाश बुढा लगायतले पुन र उनकी दिदी डमकुमारी जुग्जालीलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।

संगम र कदम मार्फत कार्यान्वयन गरिएको परियोजनाले धवलागिरी गाउँपालिकाका सबै विद्यालयका एक हजार ४३५ जना विद्यार्थीको शिक्षा, स्वास्थ्य, समुदायको आयआर्जन, जिविकोपार्जन सुधार, पैरवी, वातावरण संरक्षण लगायतको क्षेत्रमा सघाउदै आएको छ ।

स्पोन्सर विद्यार्थी बिरामी भएर उपचारका क्रममा पचास हजार रुपैयाँ भन्दा बढी खर्च भएको अवस्थामा सहयोग गर्ने परियोजनाको कार्यबिधी अनुसार पुनलाई सहयोग गरिएको गुड नेवर्सका प्रयोजन सेवा तथा बाल संरक्षण सहायक शेरबहादुर बिकले बताउनुभयो ।