ताजा समाचार:
Search

शान्ति समाज म्याग्दीको नयाँ कार्यसमिति चयन

विकल्प न्यूज/बेनी
असोज १४ गते ।
मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको सत्रौ साधारणसभा तथा दसौ अधिवेशन मंगलबार बेनीमा सम्पन्न भएको छ ।

अधिवेशनले नवराज पौडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । शाखाको उपसभापतिमा सन्तोष गौतम, सचिवमा हरिप्रसाद पौडेल, कोषाध्यक्षमा मुकुन्दप्रसाद पौडेल र सहसचिवमा भिमकुमारी बानिया चयन हुनुभएको छ ।

सदस्यहरुमा नवराज रिजाल, सन्तोष ढुङ्गाना, बिष्णुप्रसाद आचार्य, विज्ञान सुवेदी, निरमाया मिजार, विनोदकुमार श्रेष्ठ, हरि गिरी र सुर्यबहादुर तिलीजा रहनुभएको छ । अधिवेशनको उद्घाटन गर्दै जेष्ठ नागरिक सेवा केन्द्र म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले संबिधानमा भएका नागरिक अधिकारका व्यवस्थाको कार्यान्वयनका लागि अधिकारकर्मीले सक्रियता देखाउनुपर्ने बताउनुभयो ।

समाजका पूर्व बरिष्ठ उपसभापति रामजीप्रसाद सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, नागरिक समाजका संयोजक सुर्दशनकुमार श्रेष्ठले राज्य मानवअधिकारप्रति अनुदार देखिन थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

समाजका पूर्व सभापति सञ्जयकुमार श्रेष्ठ, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दीका सचिव गोरखनाथ सुवेदी, नेपाल बार एशोसीयसनका प्रतिनिधि इश्वर गिरी, म्याग्दी जेसीजका उपाध्यक्ष बिरेन्द्र श्रेष्ठ र आजिवन सदस्यको तर्फबाट सुर्य तिलिजाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।