ताजा समाचार:
Search

सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ ः कार्की

धु्रबसागर शर्मा /विकल्प न्यूज
असोज १३ गते ।
नमस्ते धौलागिरि बचत तथा क्रृण सहकारी संस्था लिमिटेड गोंगबु काठमाण्डौंका अध्यक्ष रामबहादुर कार्कीले सहकारीको लगानी अब उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा संचालित हातेमालो बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको आइतवार सम्पन्न आठौं वार्षिक साधारण सभामा प्रमुख अतिथी कार्कीले यस्तो बताएका हुन् ।

ज्यामरुककोट समाज नेपालका अध्यक्ष समेत रहेका कार्कीले अधिकांश सहकारी संस्थाहरु नाफामूलक क्षेत्रमा केन्द्रित रहेका बताउँदै सहकारीको मर्म र उद्धेश्य अनुरुप सहकार्य गरी अघि बढेमा मात्र सहकारी संस्थाहरु दीगो रुपमा सफल हुने धारणा व्यक्त गरे ।

२०६८ सालमा स्थापना भएको हातेमालो सहकारी संस्थामा १ सय २१ जना शेयर सदस्य र १ करोड १५ लाख ७५ हजार शेयर पुंजी रहेको संस्थाका अध्यक्ष नारायण कार्कीले बताए ।
कार्यक्रमममा जेष्ठ शेयर सदस्य खड्गबहादुर थापा,एकल महिला देवी कुमारी कार्की र उत्कृष्ट कारोवारकर्तामा इन्दुकुमारी घिमिरेलाई सम्मान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष नारायण कार्कीको अध्यक्षता,नमस्ते धौलागिरि बचत तथा क्रृण सहकारी संस्था लिमिटेड काठमाण्डौंका अध्यक्ष राम कार्कीको प्रमुख आतिथ्यता,उपाध्यक्ष मीना कार्कीको स्वागत र सचिव नविन घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।