दशैं कसैको पनि दशा नबनोस्

शान्ति बस्नेत/विकल्प न्यूज

असोज १२ गते ।  दशैं नेपालीहरुको सबै भन्दा विशेष पर्वको रुपमा मानिन्छ । नेपाली हिन्दु परम्परा अनुसार आश्विन शुक्ला प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाईने चाड भएको हुनाले यसलाई दशैं अर्थात “विजया दशमी” का नामले चिनिन्छ ।दशै आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ । दशैं प्रतिपदा घटस्थापना देखि पूर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई (नवरात्रि) र दशौं दिनलाई दशमी वा दशैं भनिन्छ ।

यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ ।प्रतिपदा (घटस्थापना) सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजयादशमी र पूर्णीमा (कोजाग्रत) दशैका प्रमुख तिथिहरु हुन ।चारै तिर अव दशैंको रौनकता सुरु हुन थालेको छ ।दशैं भन्ने वितिकै हरेक कुराहरु रंङ्गिन भएर आउने गर्दछन् ।

तर त्यो रंङ्गिन चाड पनि कति पयका लागि अध्यारो वन्ने गरेको छ । रंगिन त सोचमा हुनुपर्छ यहाँ तडकभडक गरेर आफ्नो परिपरि बस्ने मानिसहरुको  मनस्थितिमा नै आच आउने किसिमले आफ्नो वर्वलाई मनाउने गर्नु समाजका लागि घातक पक्ष हो । यहाँ दशैं आफू आफू अनुसार मनाउनु पर्दछ । दशैं एउटा सुन्दर परिवार जमघट हुने थलो हो । विभिन्न पेशा अर्थात कर्मको थलो बनाएर अन्यन्त्र स्थानहरुमा गएका विभिन्न मानिसहरुलाई पनि  यो दशैं पर्वले एकिकृत बनाउन मद्दत गरेको छ । दशैं पर्व सबै जात जाति इत्यादीहरुका लागि समानताका साथ आउने गरेको छ ।

दशैं कसैका निम्ति दशा नबनोस् ।आफू र आफ्नो परिवारको क्षमता अनुसार योजना बनाउने गर्नु पर्दछ ।त्यही योजना अनुसारको क्रियाकलाप गर्ने गरियो भने सरल र सहज हुने गर्दछ ।दशैं दु:ख सु:ख आदान प्रदान गर्ने पर्व पनि हो त्यसैले परिवारमा आफ्ना समस्या, अनुभवहरु, सिकाईहरु आदान प्रदान गर्ने वातावरण बनाउन एकजुट हुनु पर्दछ ।परिवारका सबै सदस्य संगै बसेर घरमा जे छ जे किन्न सकिन्छ त्यसैमा रमाउने गर्नु पर्दछ ।

त्यसो गर्दा दशैं दशा बन्नदैन । ऋण लिएर दशै मनाउदा परिवारका सदस्यलाई खुशी भन्दा बढी दु:खी बनाउदछ ।कुनै पनि पर्व दु:ख दिने नियत हुदैन । त्यसलाई हामीले कसरी मनाउने भन्ने विषयमा भर पर्दछ ।त्यसैले पर्वको नाममा हामीले फजुल खर्च गर्ने बानी गर्नु हुन्न ।

कस्का घरमा कत्रो खसी काट्यो, कस्ले कति धेरै दक्षिणा दियो भन्ने विषयमा  छलफल गर्ने समय हैन । त्यसरी हामीले सोच्न थाल्यौ भने समाजको संस्कृतिलाई भुलेर विकृति निम्तिन थाल्दछ । त्यसैले दशैं आफ्नो धर्म संस्कृति र चालचलन अनुसार आ-आफ्नो क्षमता  र गच्छेता अनुसार दशैं मनाउँ । दशैं कसैलाई दशा नबनोस् । विजय दशमीको सबैलाई शुभकामना । नवविकल्प साप्ताहिकमा प्रकाशित