रघुगंगामा योग शिविर सुरु

विकल्प न्युज
बेनी,असोज ८ गते ।
जिल्लाको रघुगंगा गाउँपालिमा बृहत निशुल्क योग शिविर संचालन भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र नविन आनन्द योग केन्द्रको समन्वयमा निशुल्क योग शिविरको आयोजना गरिएको हो । ग्रामिण भेगमा योग साधनाको महत्व र आवश्यकताको बारेमा जानकारी गराउन योग शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

दुर्गम गाउँका नागरिकहरुलाई योग साधनाको बारेमा महत्व र आवश्यकताको बारेमा जानकारी गराउन शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । योग साधनाले स्वस्थ्य ,निरोगी नागरिक र सभ्य समाज निर्माणमा सहयोग पुग्ने उहाँको विश्वास छ ।

योग साधनाले स्वस्थ ,सुखी जिवन संगै सभ्य समाज निर्माणमा सहयोग पु¥याउने नविन आनन्द योग केन्द्रका अध्यक्ष एमम् योगी नबिन जुग्जालीले बताउनुभयो । उहाँले स्वस्थ्य ,सुखी , खुशी र समृद्धि जिवन जिउनका लागि खानपिन र योग साधनामा ध्यान दिनुपर्ने बताउनुभयो ।

पछिल्लो समय बदलिँदो जिवनशैली र गलत खानपिनले विभिन्न रोगबाट ग्रसित भएको उहाँले बताउनुभयो । योगले मर्यादित,निरोगी ,सुखी र सभ्य समाज निर्माणमा महतवपुर्ण भुमिका खेल्ने योगी जुग्जालीको भनाइ छ ।

सोमबारदेखी वडा नं १ बेगबाट सुरु भएको शिविर गाउँपालिकाको ८ वटा वडामा नै संचालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी दिनुभयो । एउटा वडामा पाँच दिन सम्म संचालन हुने अधिकृत थापाले बताउनुभयो ।