ताजा समाचार:
Search

संविधान दिवसमा मालिकामा दिपावली

विकल्प न्युज
बेनी,असोज २ गते ।
संविधान दिवसको अवसरमा म्याग्दीको मालिका गाउँपालिकामा दिपाली गरिएको छ । विहिबार मालिका गाउँपालिकाको आयोजनामा गाउँपालिका ६ दरबाङमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइएको हो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खर माया विटालुले गाउँबासीमा दिवसको शुभकामना दिनुभयो । जनातको लामो संघर्ष ,त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न सबै एक हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम उपाध्याय ,कार्यपालिका समिति लागयतको उपस्थिती रहेको थियो । सदवसको अवसरमा नेपालको नक्सा बनाइएको थियो ।