राष्ट्रिय मगर संघ धवलागिरीको अध्यक्षमा रोका

विकल्प न्युज
बेनी , असोज १ गते ।
नेपाल राष्ट्रिय मगर संघ धवलागिरी गाउँपालिका अध्यक्षमा देबेन्द्र बहादुर रोका मगर निर्वाचित हुुनुभएको छ । मंगलबार भएको पालिकास्तरिय प्रथम अधिवेशबाट रोका निर्वाचित हुनुभएको हो । रोकाको अध्यक्षतामा गाउँपालिका स्तरिय १५ सदस्य कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा खिम बहादुर गर्बुजा ,सचिवमा सपना पुन मगर,सहसचिवमा नयन्द्र गर्बुजा कोषाध्यक्षमा फुलमाया बुढा तथा सदस्यहरुमा टेक बहादुर सिंकिजा मगर,हेम जुग्जाली,अर्जुन घर्ती ,हिम बहादुर पुन ,ज्ञान बहादु घर्ती,चुरमाया मगर,प्रेमकुमारी मगर,सक बहादुर पुन मगर , धनु रोका मगर र तेजप्रकाश पुर्जा निर्वाचित हुनुभएको छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश सदस्य खिमा पुर्जाले निर्वाचित कार्यसमितीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै मगर समुदायको लोपोन्मुख भाषा ,कला,संस्कृती ,पहिचान तथा हक अधिकारका निम्ती सबै मगरहरु एक हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल मगर जिल्ला कार्यसमितीका अध्यक्ष हिराबहादुर पुनले गाउँपालिका स्तरिय मगर सघ गठनलाई तिब्रता दिइएको बताउनुभयो । मगर समुदायको लोपोन्मुख भाषा कला ,संस्कृतिको संरक्षण तथा हक अधिकार प्राप्त गर्नका निम्ती मगर एकताले सहयोग पुग्ने विश्वास व्यक्त्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभा २ का कोषाध्यक्ष तेजिन्द्र थापा ,धवलागिरी गाउँपालिका ७ वडा इकाइ सभापति मन बहादुर भण्डारीले बोल्नुभएको थियो । नेपाल राष्ट्रिय मगर संघ जिल्ला कार्यसमितिका अध्यक्ष पुनको अध्यक्षता काजिमान रोकाको संचालन तथा देब रानाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।