कांग्रेसको बरंजामा जागरण अभियान ,जनताले सुशासनको प्रत्याभुति गर्न पाएनन्–नेता पुन

विकल्प न्युज
म्याग्दी , भदौ २८ गते ।
नेपाली कांग्रेस म्याग्दी, प्रदेश सभा २ को जागरण अभियानका संयोजक एव्म पुर्व सांसद नरबहादुर पुन निरजले जनताले सुशासनको प्रत्याभुति गर्न नपाएको बताउनुभएको छ । नेपाली कांग्रेसको दोस्रो चरण अन्तर्गतको शनिबार मंगला गाउँपालिकाको ३ ,४ बरंजाको जनजागरण अभियानलाई सम्वोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको हो ।

दुई तिहाई बहुमत प्राप्त वर्तमान सरकारका कारण जनतामा आशा भन्दा बढी निराशा मात्र छाएको छ उहाँले भन्नुभयो । जनताले अनुभुती गर्ने खालका कुनै पनि परिणममुखी काम भएका छैनन् । सरकारले राम्रा काम गर्ने प्रयास गरे पनि आफ्नै कारण सफल हुन नसेको बताउनुभयो । काण्डैकाण्डैमा रुमलिएको कम्युनिष्ट सरकारका कारण जनतामा निराशा मात्र भरिएको उहाँको भनाई छ ।

दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकारले गरेका गलत क्रियाकलाप र झुटका बारेमा भण्डाफोर तथा जनतालाई सचेत बनाउन कांग्रेसले जागरण अभियान थालेको बताउनुभयो । वर्तमान सरकारले भ्रष्टाचार,मुल्य बृद्धि ,बिकृती ,हत्या हिंसा तथा जघन्य अपराधका घटनालाई नियन्त्रणको साटो बढवा दिएको आरोप लगाउनुभयो । शिक्षा ,स्वास्थ्यमा सुधार नभएको र रोजगारी सृजना गर्नमा सरकार चुकेको बताउनुभयो ।

साथै बालुवातार स्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका सत्तारुढ नेकपा महासचिव विष्णु पौडेललाई कारबाही नगरी सरकारले संरक्षण दिएको आरोप लगाउनुभयो । ‘कमयुनिष्ट सरकार काण्ड काण्डैमा फसेको छ’ उहाँले भन्नुभयो, दुई तिहाइ प्राप्त सरकारले जनतालाई निराशा मात्र दियो अरु दिन सकेन । राष्ट्रबादको नाममा सरकारले लम्पसारबादको निती लिएकाले त्यसलाई राक्नका लागि जनस्तरबाट नै दवाब दिनुपर्ने समय आएको बताउनुभयो ।

नेपाली कांग्रेस म्याग्दीका जिल्ला सभापति खम बहादुर गर्बुजा खम्विरले सरकार साम्यबादीदिशातर्फ उन्मुख रहेकाले देशको धर्म संस्कृती संकटमा परेको बताउनुभयो । साथै उहाँले पार्टीको तल्लो तहमा आफुले सबै नेता तथा कार्यकर्तालाई क्षमता र निति अनुसार समान रुपमा नेतृत्व प्रदान गरेको बताउनुभयो ।
नेकपाले चुनावको समयमा जनता सामु गरेका बाचा भुलेको उहाँको भनाई छ । सरकारको दमन र गलत क्रियाकलाप विरुद्ध सबै जनता एक जुट हुनुपर्नेमा जोड दिनुभयो । राज्यको चौथो अंग प्रेस स्वतन्त्रताको घाटी निमोठ्ने काम गरेको बताउनुभयो ।

अंकुश लगाए पनि पत्रकारले गलत क्रियाकलाप विरुद्ध शसक्त रुपमा कलम चलाउन उहाँले आग्रह समेत गर्नुभयो । कार्यक्रममा नेपाल तरुणदल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्याल,नेपाल तरुणदल म्याग्दीका उपाध्यक्ष तथा मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर ,प्रदेश सभा २ का सल्लाहकार खिम बहादुर पुर्जा ,प्रदेश सभाका उपाध्यक्ष्ँ मेक बहादुर पुन मगरले पार्टी भित्र आन्तरिक गुटबन्दी र स्वार्थका कारण तल्लोस्तरमा निराशा छाएको बताउनुभयो । साथै पार्टीलाई आन्तरिक रुपमा बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
लालबहादुर रोकाको सभापतित्व,प्रदेश सभाका सचिव हिराबहादु पुन मगरको संचालन ,रणबहादुर रोकाको स्वागतमा कार्यक्रममा सम्पन्न भएको थियो । साथै सोही अवसरमा दुई दर्जन बढी नेता तथा कार्यकर्ता विभिन्न परित्याग गरी पार्टी प्रवेश गरका छन् ।