स्काभेटरमा आगजनी गर्नेको पहिचान गरी कारवाही गर्न उवासंघद्धारा माग

विकल्प न्यूज/बेनी
भदौं २७ गते । 

निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले विहिवार राती जिसी क्रसरमा राखिएका स्काभेटरहरुमा आगजनी गर्नेहरुको पहिचान गरी कानुन अनुसार कारवाहीको माग गरेको छ ।

उवा संघद्धारा शुक्रबार प्रकाशित विज्ञाप्ती मार्फत आगजनी गर्ने समुहको तत्काल खोजी गरि कानुन अनुसार कारवाहीको गरिएको हो । साथै विज्ञप्तीमा उद्योगी व्यवसायीलाई भरपर्दो सुरक्षा व्यवस्था गर्न पनि माग गरिएको छ ।

नेपाल सरकारका सम्बन्धित निकायमा विधिवत रुपमा दर्ता भई संचालनमा रहेको बि.एन. कन्ष्ट्रक्सन प्रा.लि. ले स्थानीय, प्रदेश र केन्द्रिय सरकारको राजश्य संकलन तथा स्थानीयस्तरमा रोजगारी सृजना, सामाजिक कार्यहमा सहयोग पु¥याएको कम्पनी माथि आगजनी गर्नु दुःखद पक्ष भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यद्धार हस्ताक्षरीत विज्ञप्तीमा अज्ञात समुह\व्यक्तिबाट आगजनी गरी उक्त सामाग्री ध्वस्त पारिनु निन्दनीय कार्यभएको उल्लेख गरिएको छ ।

जो कोहीव्यक्ति\समुहद्धारा भएको आपराधिक क्रियाकलाप म्याग्दी उद्योग वाणिज्य संघ घोर भत्र्सना गर्दछ र त्यस्ता घटना घटाउनेहरुको छिटो भन्दा छिटो पहिचान गरी कारवाहीको दायरामा ल्याउन उवासंघ माग गर्दछ विज्ञप्तीमा भनिएको छ ।

साथै उद्योगी व्यवसायीहरुलाई राज्यकातर्फबाट सुरक्षाको प्रत्याभुति हुनेगरी सुरक्षा प्रबन्ध मिलाउन र नजिकिदै गरेका चाडपर्वहरुमा हुनसक्ने लुटपाट,चोरी डकैती जस्ता घटनाहरुलाई मध्यनजर गर्दै सुरक्षाको उचित प्रबन्ध गराउन माग गरिएको छ ।

भदौं २५ गते बेनीनगरपालिका ६ स्थित जिसी क्रसरमा राखिएका तिनवटा स्काभेटरमा अज्ञात समुहले आगजनी गरेको थियो । आगजनी गर्ने समुहको खोजी कार्य जारी रहेको प्रहरी जनाएको छ ।