कांग्रेसको मराङमा जागरण अभियान ,सरकारले जनतालाई निराशा मात्र बाड्यो ःनेता पुन

विकल्प न्युज /बेनी ,भदौ २५ गते ।
नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा २ को दास्रो जागरण अभियान मराङबाट सुरु भएको छ । नेपाली कांग्रेसको द्रोस्रो चरणको हिमाल ,पहाड तथा तराई जागरण अभियान अन्तर्गत प्रदेश सभा २ को धवलागिरी गाउँपालिका ५ मराङबाट सुरु भएको हो । मराङको जागरण अभियानलाई केन्द्रीय प्रतिनिधि प्रदेशसभा २ का संयोजक एव्म पुर्व सांसद नरबहादुर पुन मगर (निरज)ले सम्बोधन गर्नुभयो ।


अभियानलाई सम्बोधन गर्नुहुँदै संयोजक एवम् पुर्व सांसद निरजले जनतामाथि दुई तिहाई बहुमत प्राप्त कम्युनिष्टसरकारले गरेका गलत क्रियाकलाप र झुटका बारेमा भण्डाफोर तथा जनतालाई सचेत बनाउन कांग्रेसले जागरण अभियान थालेको बताउनुभयो।

वर्तमान सरकारले भ्रष्टाचार,मुल्य बृद्धि ,बिकृती ,हत्या हिंसा तथा जघन्य अपराधका घटनालाई नियन्त्रणको साटो बढवा दिएको आरोप लगाउनुभयो ।सुन काण्ड तथा एनसेल कर प्रकरणका दोषीलाई उन्मुक्ती दिने गरेको उहाँको भनाई छ । साथै बालुवातार स्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका सत्तारुढ नेकपा महासचिव विष्णु पौडेललाई कारबाही नगरी सरकारले संरक्षण दिएको आरोप लगाउनुभयो ।

सरकार साम्यबादीदिशातर्फ उन्मुख रहेकाले देशको धर्म संस्कृती संकटमा परेको उहाँको भनाई छ ।
‘कमयुनिष्ट सरकार काण्ड काण्डैमा फसेको छ’ उहाँले भन्नुभयो, दुई तिहाइ प्राप्त सरकारले जनतालाई निराशा मात्र दियो अरु दिन सकेन ।
नेकपाले चुनावको समयमा जनता सामु गरेका बाचा भुलेको उहाँको भनाई छ । सरकारको दमन र गलत क्रियाकलाप प्रती सबै जनाता एक जुट हुनुपर्नेमा जोड दिनुभयो । राज्यको चौथो अंग प्रेस स्वतन्त्रताको घाटी निमोठ्ने काम गरेको बताउनुभयो । अंकुश लगाए पनि पत्रकारले गलत क्रियाकलाप विरुद्ध शसक्त रुपमा कलम चलाउन उहाँले आग्रह समेत गर्नुभयो ।

कबिराज केसीको सभापतित्व ,प्रदेश सभा २ का सचिव हिराबहादुर पुन मगरको संचालन तथा कोषाध्यक्ष तेजिन्द्र थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अभियान संयोजक तथा प्रदेश सभा २ का सल्लाहकार खिमबहादुर पुर्जा लगायतले बोल्नुभएको थियो ।