ताजा समाचार:
Search

मोना बेल्जियमद्धारा शान्ति कोषलाई १३ लाख बढी सहयोग (भिडियो सहित )

विकल्प न्युज
बेनी , भदौ ३ गते ।
म्याग्दी प्रवासी नेपाली संघ बेल्जियमले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको गरिव विपन्न विरामी उपचार अक्षय कोषलाई आर्थि सहयोग गरेको छ ।


मोना बेल्जियमको नेतृत्वमा संकलित १३ लाख २२ हजार २०९ रुपैया सहयोग मंगलबार सदरमुकाम बेनीमा शान्ति कोषलाई एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । बेल्जियमा कार्यरत नेपालीहरुबाट संकलित सो सहयोग मोना बेल्जियमका महासचिव एवं कोषका संरक्षक प्रदिप थापा (सुमन)ले कोषका अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुन मगरलाई हस्तान्तरण गर्नुभएको हो ।

महासचिव थापाले मंगलबार नै कोषलाई दुई लाख रुपैयाँ सहयोग गरी संरक्षकको सदस्यता लिएको कोषका सचिव लोकेश पुन मगरले जानकारी दिनुभयो ।महासचिव एवं संरक्षक थापाले आर्थिक अभावकै कारण गरिव तथा विपन्न परिवारका विरामीले अकालमै ज्यान गुमाउन नपरोस र उपचारबाट बञ्चित हुन नपरोस् भनि सहयोग गरिएको बताउनुभयो ।

आर्थिक सहयोग प्रति धन्यवाद तथा आभार प्रकट गर्नुहुँदै कोषका अध्यक्ष शाक्यले प्रदेशबाट आफ्नो गास कटाएर जिल्लाका गरिब विपन्न परिवारको स्वास्थ्य उपचारमा ठुलो सहयोग गर्नु मानविय ठुलो गुन भएको बताउनुभयो । उहाँले सहयोगीहरुबाट प्राप्त सहयोगलाई सही सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी सोही कार्यक्रममा दुई मृगौला रोगी बेनी नगरपालिका –५ भिरमुनीका डेकनाथ शर्मा र बेनी नगरपालिका– ५ पुलाचौरकी निसा सुवेदीको उपचारका लागि कोषले गरिव विपन्न विरामी अक्षयकोषको ब्याजबाट २५ हजारको दरले ५० हजार रुपैयाँ सहयोग गरेको छ । सो सहयोग विरामीका आफन्तलाई हस्तान्तरण गरिएको थियो ।

मोना बेल्जियमद्धारा शान्ति कोषलाई आर्थिक सहयोग

मोना बेल्जियमद्धारा शान्ति कोषलाई आर्थिक सहयोग !

Posted by MyagdiNews.com on Tuesday, 20 August 2019

कोषले हालसम्म विभिन्न किसिमका जटिल रोगका विरामीहरुको उपचारका लागि २ करोड १८ लाख ५९ हजार रुपैयाँ बढी संकलन गरी सहयोग गरेको कोषका कोषाध्याक्ष खम थापा मगरले जाकनारी दिनुभयो । उहाँका अनुसार डेढ करोड रुपैयाँको गरिव विपन्न विरामी उपचार अक्षकोष स्थापनाका लागि अहिले सम्म ८१ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।