ताजा समाचार:
Search

लाम्पाटा–दरबाङ सडक कालोपत्रे योजना सुरु

साधन राम्जाली / विकल्प न्युज
म्याग्दी, साउन ३० गते ।बेनी दरबाङ सडक खण्ड अन्तर्गत लाम्पाटादेखी दरबाङ  सम्म  सडक स्तरोन्नति एवं कालोपत्रे योजना निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक नमुना सडक अन्तर्गत बेनी -दरबाङ सडक खण्ड अन्तर्गत मंगला गाउँपालिकाकाे   लाम्पाटादेखी   र मालिका गाउँपालिकाको दरबाङ्ग सम्म सडक कालोपत्रे योजना निर्माण कार्य सुरु भएको हो ।

विरुवा क्याराभान निर्माण कम्पनीले निर्माण गर्न लागेको योजनाको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले विहिबार एक कार्यक्रमका विच शिलान्यास गर्नुभएको हो । योजनाको शिलान्यास गर्नुहुँदै गाउँपालिका अध्यक्ष रोका मगरले गुणस्तरिय काम सहित तोकीएको समयमा योजना निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो । योजना निर्माण सम्पन्न भएमा पश्चिम क्षेत्रको विकासमा ढोका खाल्ने उहाँले बताउनुभयो ।

यसैगरी गाउँपलिका उपाध्यक्ष खर माया विटालुले योजना निर्माण सम्पन्न भएमा पश्चिम क्षेत्रका सर्वसाधारणलाई आवतजावतमा सहज हुने बताउनुभयो ।२२ करोड लागतको अनुमान गरिएको बेनी -दरबाङ सडक खण्ड अन्तर्गत मंगला गाउँपालिकाकाे   लाम्पाटादेखी   र मालिका गाउँपालिकाको दरबाङ्ग सम्म सडक कालोपत्रे योजना निर्माण कार्य सुरु भएको पुर्वाधार विकास कार्यालय म्याग्दीका सिनियर डिभिजन ईन्जीनियर ओमराज ढुङगनाले जानकारी दिनुभयो ।

६ दशमलव ८ किमी रहेको योजना २४ महिनामा सक्ने सम्झौता भएको छ ।
बेनीदेखी बाबियाचौर सम्म १६ दशमलव २ किमी सडक कालोपत्रे योजना निर्माण सुरु भएको उहाँले बताउनुभयो । एक निर्वाचन क्षेत्र एक नमुना सडक अन्तर्गत निर्वाचन क्षेत्र (क) मा ८ किमि गलेश्वर– पिप्ले –भगवती सडक कालोपत्रे योजना निर्माण सुरु भएको ईन्जीनियर ढुङ्गनाले जानकारी दिनुभयो ।