वडाअध्यक्ष थापाप्रति गरिएको अमानविय व्यवहारको घोर भ्रत्र्सना

विकल्प न्यूज/बेनी
साउन ३० गते । सरकारद्धारा प्रतिबन्धित नेकपा (विप्लव) को अराजनीतिक गतिविधिको घोर निन्दा एवम् भ्रत्र्सना गरिएको छ । विहिवार बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई अराजनीतिक व्यक्तिहरुले नियन्त्रणलाई लिई दुव्र्यवहार गरेको प्रति नेपाल कम्युनिष्ट(नेकपा) पार्टीले घोर निन्दा एवम् भ्रत्र्सना गरेको हो ।

जनताको मतद्धारा निर्वाचित भएर जनताको सेवामा खटिएका जनप्रतिनिधिप्रति गरिएको अमानविय व्यवहारको घोर निन्दा एवम् भ्रत्र्सना गर्दछु नेकपाका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठले भन्नुभयो ।

रातदिन जनताको सेवामा खटिएका जनप्रतिनिधिलाई झुट आरोप लगाएर कानुन हातमा लिएर गर्ने क्रियाकलापको सामाजिक सञ्जाल फेसबुकमा समेत घोर निन्दा एवम् भ्रत्र्सना गरिएको छ ।

यसै गरी नेकपा बेनी नगर कमिटिका अध्यक्ष शेरबहादुर केसीले वडा अध्यक्ष थापाप्रति गरिएको व्यवहारको निन्दा गर्नुभएको छ ।

जिल्ला कमिटिका सचिवालय सदस्य प्रमोद श्रेष्ठले थापाप्रति गरिएको अपमानजनक व्यवहारको सामाजिक सञ्जाल फेसबुक मार्फत खेद प्रकट गर्नुभएको छ ।

नेकपाका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुले जनप्रतिनिधिलाई अपमानजनक व्यवहार गर्ने विप्लवका कार्यकर्ताहरुलाई खोजी गरी कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।

प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले कालोमोसो दल्ने विप्लवका कार्यकर्ताहरुको खोज गर्न प्रहरी परिचालन गरिएको बताउनुभयो ।

विहिवार विहान वडा कार्यालयमा काम गरिरहेको समयमा विप्लवका केही कार्यकर्ताहरु आएर अध्यक्ष थापालाई जवरजस्ती कालोमोसो दलेर भागेका थिए ।