राती किन रुन्छन् बालबालिका ?

विकल्प न्यूज/बेनी
साउन २९ गते । 

साना बच्चा प्रायः रातको समयमा रोएको सुनिन्छ । बच्चा दिनभर सुतेर राति रुने हुँदा आमाले भने हैरानी खेप्नुपरिरहेको हुन्छ । बाहिरी दुनियाँमा आइसकेपछि बच्चाले नयाँ विभिन्न अनुभव लिइरहेका हुन्छन् । आफ्नो वरिपरि दिनभर केही न केही गतिविधि हुने भएकाले बच्चा त्यतै अल्मलिन्छ । तर, राति सुनसान हुने हुँदा उसले एक्लो महसुस गर्छ ।

कारण

– बच्चाले सानैदेखि सपना देख्ने गर्छन् । यही क्रममा कहिलेकाहीँ डरलाग्दा सपना देख्छन्, अनि डराएर अकस्मात् ब्युँझिन्छन् र रुन थाल्छन् ।

– बच्चाले हरेक दिन नयाँ कुरा अनुभव गर्छन् । कहिलेकाहीँ बीच–बीचमा असहज अनुभूति गर्छन् । यसको प्रभावस्वरूप राति भएपछि रुन थाल्छन् ।

– दिनको समयमा बच्चा केही न केही कुरामा भुलिरहेका हुन्छन् । तर, राति अँध्यारोदेखि डराएर एक्लो महसुस गर्छन् ।

– बच्चाको आसपासको तापक्रम घटबढ (जाडो या गर्मी) हुँदा निद्राबाट ब्युँझिएर बच्चा रुन थाल्छन् ।

– कतिपय नवजात शिशुमा हाछ्युँ आउने हुन्छ । अनि, निद्रामै एक्कासि अर्धहोस भएर रुन्छन् ।

– बच्चाले निद्राबीच पनि ओछ्यानमै पिसाब फेर्ने गर्छ । यसो हुँदा ओछ्यान चिसो हुन्छ । चिसो भएपछि बच्चा रुन थाल्छ ।

– साथै, सुत्ने ठाउँ आरामदायी नहुँदासमेत उनीहरू रुन्छन् ।एजेन्सी  www.mahilakhabar.com