ताजा समाचार:
Search

म्याग्दी उद्दार समिति बहराइनलाई मोनामा रुपान्तरण

विकल्प न्यूज/बहराइन
साउन २८ गते । 

बहराइनमा रहेका म्याग्देलीहरु आवद्ध म्याग्दी उद्दार समितिलाई सोमबार सम्पन्न ११ औ महाधिवेशनबाट म्याग्दी प्रवासी नेपाली संघ (मोना) बहराइनमा रुपान्तरण गरिएको छ ।

सन २००२ मा स्थापना भएर बहराइनमा रहेका म्याग्देली र आफ्नो जन्मथलोको आपत, विपत्, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी उद्दार समितिलाई अधिवेशनबाट मोनाको राष्ट्रिय कार्यसमिति बनाइएको हो ।
मोनाको अवधारणा सुरु हुनुअघि बहराइनमा समिति गठन भएको थियो ।

अधिवेशनबाट लोक राम्जालीको अध्यक्षतामा मोना बहराइनको कार्यसमिति गठन भएको छ ।

समितिको प्रथम उपाध्यक्षमा कुमार तिलिजा, दृतीय उपाध्यक्षमा विकास पाइजा, तृतीय उपाध्यक्षमा भक्त सिन्किजा पुन, महिला उपाध्यक्षमा बिष्णु रकाल, महासचिवमा दिनेश बस्नेत, कोषाध्यक्षमा अमन पाइजा, सचिवमा सुरेश गर्बुजा, सहसचिवमा ज्ञानबहादुर पुन, सहकोषाध्यक्षमा नविन पुर्जा चयन हुनुभएको छ ।रमेश केसी सांस्कृतिक सचिव, आनन्द बानिया व्यवस्थापन सचिव, अर्जुन बराइली खेलकुद सचिव, बलबहादुर राई अक्षयकोष संयोजक, निगम शेरचन जनसम्पर्क सचिव, नरदेवी पुन महिला संयोजक, मनदेवी पुन महिला सहसंयोजक, सदस्यहरुमा लालबहादुर भण्डारी, बालकुमार गर्बुजा, मोहन बानिया, जमानसिङ शाही, हेमबहादुर केसी, पानमती विश्वकर्मा, टिका केसी र रमेश भण्डारी रहनुभएको छ ।

बहराइनको मानमा स्थित ओरेण्टल प्यालेस होटलको सभाहलमा लोक राम्जालीको अध्यक्षता, नेपाली राजदुतावास बहराइनका राजदुत पदम सुन्दासको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मोनाका अध्यक्ष चक्र थापा, मध्यपुर्वका संयोजक ओमनारायण जुग्जाली, संस्थापक प्रकाश पुन, ई। नन्दबहादुर गर्बुजा र बहराइनमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहिरुको उपस्थिती थियो ।

कार्यक्रममा सहभागीहरुले बहराइनमा रहेका म्याग्देलीहरुले आफ्नो जन्मथलोको विकास, शिक्षा, स्वास्थ्य र सामाजिक गतिबिधिमा महत्वपूर्ण योगदान गरेको बताएका थिए ।
मोनाका अध्यक्ष चक्र थापाले आगामी असोजमा घोडेपानीमा हुने तेस्रो अधिवेशनको पूर्व सन्ध्यामा विभिन्न देशमा राष्ट्रिय कार्यसमितिको साधारणसभा र अधिवेशन भइरहेको बताउनुभयो ।