ताजा समाचार:
Search

जगन्नाथमा रथ यात्रा (फोटोफिचर)

विकल्प न्यूज/बेनी
साउन २७ गते । म्याग्दीको बेनी नगरपालिका ५ जगन्नाथधाममा सोमबार भगवान जगन्नाथको रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिर(धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिले मन्दिर परिसरमा रथयात्रा गरेको हो ।

रथयात्रामा राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि,जनप्रतिनिधि,सरकारी कार्यालयका प्रमुख र भक्तजनहरु सहभागी थिए ।
सिंजा सामाज्यको पतन पछि कर्णाली प्रदेशमा बाईसे राज्यहरु र गण्डकी प्रदेशमा चौबीसे राज्यहरु आस्तित्वमा आएपछि चौबिसे राज्यमध्ये एतिहासिक पर्वत राज्यका समालबंशी तृतिय मल्लराजा दिलिप बम मल्ल(डिब्ब) ले अन्दाजी १५६० तिर भगवान जगन्नाथ मन्दिरको स्थापना गरेको भनाई रहेको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य