क्रेडिट एण्ड कमर्स बैंक लि.द्धारा खातावालालाई औषधि उपचार खर्च भूक्तानी

विकल्प न्यूज/बेनी
साउन २६ गते ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक  लि. NCC BANK बेनी शाखाले बैंकमा बचत खाता खोली कारोवार गर्ने बचतकर्तालाई विरामी भएवापत दशहजार रुपैयाँ औषधि उपचार खर्च भुक्तनी गरेको छ ।

बैकका शाखा प्रबन्धक लक्ष्मण शर्माले खाता खोली कारोबार गर्नुभएका बेनी नगरपालिका २ निवासी भिमबहादुर रिजाललाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

रिजाल अकस्मात विरामी भई पोखराको चरक मेमोरियल हस्पीटलमा उपचार गराई निको हुनुभएको थियो । वैंकले आफ्ना हरेक ग्राहकलाई विमारी हँुदा औषधिउपचार खर्च उपलब्ध गराउदै आएको छ ।

रिजाल ले एन सि सि बैंकले औषधिउपचार सुविधा अन्तर्गत उपलब्ध सुविधाले आफूलाई खुसी लागेको बताउनुभयो ।

एन सि सि बैंकमा बचत खाता खोल्दा स्वास्थ्य उपचार खर्च पाइने बैंकको नीतिले सेवाग्राहीको रकम बचत हुने उहाँले बताउनुभयो ।

आफ्ना हरेक ग्राहकका लागि औषधिउपचार विमा सुविधाका साथै बैंकबाटATM लिने हरेक ग्राहकलाई देशका विभिन्न हस्पीटलहरुमा स्वास्थ्य सेवा लिदा लाग्ने कुल खर्चमा १० देखी २० प्रतिशत सम्म छुट पाउने व्यवस्था गरेको छ ।

यस सुविधा बैंकमा खाता खोल्ने हरेक ब्यक्तिले लिन पाउने बैंकले जनाएको छ । बैंकले ग्राहकको सुविधाको लागि ल्याएको स्वास्थ्य सेवामा छुट, औषधिउपचार सुविधा तथा बैंकको ग्राहकमैत्री सेवाका कारण बैंकमा खाता खोलि कारोवार गर्ने र रकम बचत गर्ने क्रम बढेको शाखा प्रवन्धक लक्ष्मण शर्माले बताउनुभयो ।

काठमाडौंमा मूख्य कार्यालय रहेको यस नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड नेपाल राष्ट्रबैंकबाट क वर्गको मान्यता प्राप्त बैंक हो ।

देशभर कुल १२६ वटा शाखा कार्यालय वाट निक्षेप संकलन, सर्वशुलभ ब्याजदरमा कर्जा प्रवाह लगायत विभिन्न बैंकिङ्ग सेवा प्रवाह गरेको छ । बैंकका ८१ वटा ATM संचालनमा रहेका छन ।