ताजा समाचार:
Search

साउन २७ मा जगन्नाथको रथयात्रा

विकल्प न्युज
म्याग्दी , साउन २३ गते ।
म्याग्दीको बेनी नगरपालिका ५ गाजने स्थित ऐतिहासिक धार्मिक स्थल जगन्नाथको रथयात्रा तथा सरकारी भोज (खिर खाने ) कार्यक्रम हुने भएको छ । जगन्नाथ मन्दिर गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा आगामी साउन २७ गते भगवान जगन्नाथको रथयात्रा संगै सरकारी भोज हुने विहिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

ऐतिहासीक धार्मिक एवं पर्यटकीय स्थल जगन्नाथ मन्दिरको प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक समितिका राम बहादुर बानियाँले जानकारी दिए । उनका अनुसार साउन २७ गते गाजने परिसरमा जगन्नाथको रथयात्रा गराइने छ ।

ऐतिहासीक पर्वत राज्यका समालवंशी तृतिय मल्लराजा दिलिपबम मल्ल (डिम्ब )ले अन्दाजी १५६० तिर भगवान जगन्नाथ मन्दिरको स्थापना गरेको इतिहासमा उल्लेख रहेको आयोजक समितिका कोषाध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिए । जगन्नाथको रथयात्राको दिनमा भोज खुवाउने प्रचालनलाई सरकारी भोज भनिएको कोषध्यक्ष पौडेलको भनाइ छ ।
आयोजक समितिका अध्यक्ष बानियाँको अध्यक्षता र स्थानीय दिपक पौडेलको संचालनमा कार्यक्रम समापन भएको थियो ।