ताजा समाचार:
Search

बोलेरो जिप दुर्घटनामा गम्भीर ३ घाइतेलाई पोखरा पठाइयो

विकल्प न्युज
म्याग्दी , साउन २२ गते ।
म्याग्दीको बेनी नगरपालिका ३ हल्लेगौडामा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार १२ जना यात्रु घाइते भएका छन । बुधबार सदरमुकाम बेनी देखी भकिम्लिी तर्फ जाँदै गरेको ग १ ज ७०५६ नम्वरको जिप हल्लेगौडा स्थित बारल्ना घुम्तीमा दुर्घटना भएको हो ।

जिप सडक देखी करिब ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । साँझ ४ बजे घुम्तीमा ब्रेकफेल भई बोलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक धन बहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते हुनेमा चालक बेनी नगरपालिका– ३ का यामबहादुर श्रीस मगर, बेनपा –३ बर्ष २५ का विशाल शाक्य ,उनकी श्रीमती बर्ष २२ की शान्ता शाक्य र छोरी बर्ष २ की साइदा शाक्य ,बेनपा ३ बर्ष २० का इन्द्र बहादुर विक ,बेनपा ३ बर्ष ४० की ज्ञानकुमारी श्रीस मगर ,मंगला गाउँपालिका ठेगना नखुलेका विक्रम सुनार , बर्ष ६५–७० का सवारा सुनार ,बागलुङ नगरपालिका २ बर्ष २१ की मञ्जु खत्री ,बेनपा ३ बर्ष ३८ का भुमिदेबी खाती ,बेनपा ३ बर्ष ७१ डम्मर बहादुर छन्त्याल ,बेनपा ३ बर्ष ४५ का आइतराम विक र बेनपा ३ बर्ष ५५ का रत्नबहादुर खत्री हनुभएको छ ।

घाइते मध्ये गम्भिर तीन रत्नबहादुर खत्री ,विशाल शाक्य र मम्मरबहादुर छन्त्याललाई बेनी अस्पतालमा सामान्य उपचार पछि पोखराको मनिपाल अस्पताल रिफर गरिएको छ । अन्य घाइतेको स्वास्थ्यअवस्था सामान्य रहेको बेनी अस्पतालले जनाएको छ । अप्थ्यारो घुम्ती र क्षमता भन्दा बढी यात्रुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।