भकिम्लीको हल्लेगौडामा जीप दुर्घटना हुँदा १२ घाइते

विकल्प न्यूज/बेनी
साउन २२ गते ।  
म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीको हल्लेगौडामा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
म्याग्दीको सदरमुकाम बेनीबाट भकिम्ली जाँदै गरेको ग १ ज ७०५६नम्वरको बोलेजो जीप हल्लेगौंडाको तल्लो घुम्तीमा बुधवार अपरान्ह ४ः२० बजे दुर्घटना भएको हो ।

जीप दुर्घटना हुँदा जीपका धनी यामवहादुर श्रीष,धनकुमारी श्रीष, रुकुमकुमारी घर्ती,आइतेराम विक,डम्मरवहादुर छन्त्याल,रनबहादुर क्षेत्री,विक्रम सुनार,विशाल शाक्य,शान्ता शाक्य,बुद्धिकला सुनार,इन्द्रवहादुर विक लगाएत घाइते भएका छन् ।
घाइतेको टाउको,शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ । ‘जोखिम मोलेर यात्रुलाई बचाउने प्रयास गरे, चालक यामवहादुर श्रीषले भन्नुभयो ‘एक्कासी ब्रेक फेल भएपछि अनियन्त्रित भयो ।
घाइतेहरुको उद्धारका लागि प्रहरीको टोली घटनास्थलमा पुगेको र घाइतेहरुलाई अस्पतालमा ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रनानी जीवन पौडेलले जानकारी दिनुभयो । दुर्घटनाको जानकारी पाए लगत्तै स्थानीय उद्धारका लागि घटनास्थलमा पुगेका थिए । ध्रुवसागर शर्मा