लुलाङका महिलाहरुलाई सिलाई कटाई तालिम

विकल्प न्यूज/बेनी
साउन १७ गते ।  
धवलागिरी गाउँपालिका–२ लुलाङमा २ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति र गुड नेवर्स इन्टरनेशनल नेपाल म्याग्दीको आर्थिक तथा प्राबिधिक सहयोग र संगम म्याग्दीको आयोजनामा १० जना उद्यमीहरुलाई तालिम दिइएको हो ।

तालिमको समापनका क्रममा बिहीबार घरेलु तथा साना उद्योग विकास समितिले सहभागिहरुलाई पाँच वटा सिलाई कटाइ मेसिन निशूल्क उपलब्ध गराएको छ ।

नमुना उद्यमशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष सुवा पुर्जाको अध्यक्षता, सदस्य ससीमाया पुनको स्वागत र वडा सदस्इ केशरबहादुर पुर्जाको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको थियो ।

तालिममा सहभागिहरुलाई ब्यवसाय सुरुवातका लागि ब्यवसायिक योजना अनुसार सहकारी मार्फत संगम म्याग्दीले प्रति व्यक्त २९ हजार १०८ घुम्तीकोष र बाह् हजार ४७५ रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ ।

नमुना उद्यमशिल महिला बचत तथा ऋण सहकारी संस्था लि लमसुङ मार्फत ६ जना, मुनाल कृषि सहकारी संस्था लि मुना मार्फत ३ जना र हिमाली कृषि सहकारी संस्था लि गुर्जा मार्फत १ जना उद्यमीले सहयोग पाउने छन ।

उद्यमीहरुले व्यवसायको शुरुवात गरि स्थानिय स्तरमा गुणस्तरिय सेवा प्रदान गर्नुका साथै आर्थिक आर्जन गरि उनीहरुको जिवन स्तर उकास्नमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।