ताजा समाचार:
Search

मोडलिङमा चर्चा कमाएकी म्याग्दीकी सुनिताको ‘धरहरा’ मुजिक भिडियो सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी
म्याग्दी,माघ २७ गते । म्याग्दीमा जन्मिएर युएईमा कर्मथलो बनाएकी सुनिता शर्माले अभिनय गरेको भत्किएको “धरहरा” मुजिक भिडियो सार्वजनिक भएको छ । श्रीकृष्ण बम मल्लको शब्द संगीत र प्रमोद खरेलद्वारा स्वरबद्ध पछिल्लो गीति एल्बम “धरहरा”को म्युजिक भिडियो सार्वजनिक भएको हो ।
प्रकाश भट्टद्वारा निर्दे्शित यस भिडियोमा यूएईलाई कर्मथलो बनाएर मोडलिङ जगतमा चर्चा कमाइरहेका मोडल मोहन बोगटी र उनकी धर्मपत्नी सुनिता शर्मा बोगटीको अभिनय रहेको छ । विदेशमा समेत मोडलिङ क्षेत्रलाई निरन्तरता दिएकी शर्माको यो पछिल्लो मुजिक भिडियो हो ।
निर्देशक भट्टद्वारा यूएईलाई सुटिङ स्पट बनाई छायांकन गरिएका भिडियोहरु सार्वजनिक हुने क्रमको पछिल्लो शृङ्खलामा यो भिडियो आएको हो ।


मोडल बोगटीले अभिनय गरेका अन्य म्युजिक भिडियोहरुले यसअघि नै चर्चा कमाइसकेको भएता पनि आफ्नै धर्मपत्नीसँग अभिनय गरेको यो पहिलो भिडियो भएकोले दर्शकहरुले यस भिडियोबाट पृथक स्वादको अनुभुती गर्न सक्नेछन् । ’देशको मुटु धरहरा भुकम्पले ढले पनि मायालु बस्ने मुटु सधैं सुरक्षीत हुन्छ, अमर प्रेमलाई कुनै भुकम्पले असर गर्दैन’ भन्ने भाव बोकेको यस गीतको उत्पादन तथा वितरण कामना डिजिटल प्रा.लि र दृश्य निर्माण साइ भिजन प्रा.लिको रहेको छ । भिडियोको सम्पादन विष्णु शर्माले गर्नुभएको छ ।