Search

म्याग्देली चेली अस्मी फिल्ममा डेब्यु गर्दै (भिडियो सहित)

विकल्प न्यूज/बेनी
साउन ५ गते ।

मोडलिङ क्षेत्रमा प्रवेश गरेकी म्याग्दीकी अस्मी थापा चलचित्र काँचुलीमा डेब्यु गरेकी छिन् । बिजि बर्मा फिल्मिसको ब्यानरमा कला राईको प्रस्तुतीमा रहेको नेपाली कथानक चलचित्र काँचुली प्रदर्शनको तयारीमा छ ।

चलचित्रको को दोश्रो गीत ” मुस्काएर अलि अलि” बोलको गीतमा पनि अस्मीले अभिनय गरेकी छिन् । मोडलिङ भविष्य खोज्न राजधानी छिरेकी अस्मीलाई यो पहिलो सफलता मिलेको छ । काँचुलीको दोस्रो गीत आइतवार युटुब मार्फत सार्वजनिक गरिएको छ । मेरो सपना पुरा भएको छ मोडल अस्मीले भनिन ‘ पहिलोपटक काँचुली फिल्मको गीतमा अभिनय गर्न पाउँदा खुसि लागेको छ ।’ मोडलिङ क्षेत्रमा करियर बनाउन म राजधानी आएको हुँ उनले भनिन ‘कलाकारिता क्षेत्रमा मैले परिश्रम गर्ने छु जसले मलाई सफलता मिल्ने आशा गरेकी छु ।’

राजधानीमा अवसर त जति पनि आउँछ तर आफूले कडा परिश्रम गर्नुपर्ने उनले अनुभव सुनाइन । यहाँ आएपछि धेरै अनुभव संगालेको छु । कडा परिश्रम गर्ने छु र यो सफल भएर छाड्ने छु उनले भनिन ।

शंकर अधिकारी घायल को लेखन तथा निर्देशनमा निमार्ण गरिएको चलचित्रमा जिवनका विभिन्न घटना क्रमहरुलाई चलचित्रमा समेटिएको छ । गायिका नित्याशिवा र शम्भु रैका को आवाज अनि शंकर अधिकारी घायलको गीतर संगीत रहेको छ ।
अस्मि सँगै गीतमा रबिन श्री र लाई चलचित्रमा डेब्यु गरिएको छ । जिवनका रोमान्चिक पलहरु लाई समेटर तयार गरिएको छ । राजन महर्जन को कोरियोग्राफिमा सुशील डाँगीको छायांकन ,बिश्वास भण्डारी को सम्पादन ,नृत्य राजन महर्जन रहेको छ । साउन २४ गते रिलिज हुने काचुलिका बितरक तिरुपती पिक्चर्सले वितहरण गर्ने भएको छ ।”