ताजा समाचार:
Search

कामना सेवा विकास बैंकको बेनीमा शाखा उद्घाटन

विकल्प न्युज
म्याग्दी ,साउन ०३ गते ।
कामना सेवा विकास बैंकले म्याग्दीको सदरमुकाम बेनीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले न्युरोडमा विस्तार गरेको ९५ औं नयाँ शाखाको शुक्रबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

शाखाको उद्घाटन गर्नुहुदै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जिल्लामा बैंकको शाखा विस्तार हुनु जिल्ला वासीको लागि खुशीको कुरा भएको बताउनुभयो । उहाँले शाखालाई शुभकामना व्यक्त गदै ग्राहक मैत्रि भएर बैंकिङ सेवा प्रदान गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा बैंकका सहायक प्रवन्धक एवम् गण्डकी प्रदेशका प्रमुख टुवराज वास्तोलाले कृषी तथा शैक्षिक कर्जालाई प्राथमिकता दिने बताउनुभयो । कृषी तथा शैक्षिक कर्जा प्रवाहलाई बैंकले प्राथमिकता दिएको बताउँदै युवा विद्यार्थीलाई लक्षित गरी शैक्षिक प्रमाणपत्रको आधारमा सहज रुपमा ऋण प्रवाहको लागि पहल गर्ने उनको भनाई छ ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता एवम् वडा नं ८का अध्यक्ष रामकृष्ण बराईली ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य र कुमारी बैंकका बेनी शाखा प्रवन्धक दिपक बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा शाखा प्रवन्धक सुमन जमरकट्टेलले ग्राहक मैत्री भएर सेवा प्रवाह गरिने बताउनुभयो । कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीको अध्यक्षता र शाखा प्रवन्धक जमरकट्टेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।