रुमका पौरखी महिला

विकल्प न्यूज/बेनी
साउन २ गते । मालिका गाउँपालिका २ रुम गाउँका महिलाहरु अल्लो धागोबाट निर्मित कपडा देखाउँदै । यहाँका महिलाहरु अल्लो धागोबाट उत्पादन गरेका कपडाहरु बेनी,पोखरा र काठमाण्डौ सम्म पनि विक्री हुने गरेको छ । पछिल्लो समय महिलाहरुले समुह बनाएर व्यवसायिक रुपमा अल्लो धागोबाट कपडा उत्पादन गर्दै आएका छन् । महिलाहरुलाई व्यवसायिक बनाउन घरेलु तथा साना उद्योग विकास समिति म्याग्दी र संगम म्याग्दीले महिलाहरुलाई सिलाई कटाई तालिम समेत प्रदान गरेको छ । तस्विर ठाकुरप्रसाद आचार्य