लाली वुढाथोकीको नयाँ गीति एल्बम बेनी बजार माथि मल्लाज सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज /बेनी
म्याग्दी,माघ २७ गते । म्याग्दीकी चर्चित गायिका लाली वुढाथोकीको नयाँ गीति एल्बम बेनी बजार माथि मल्लाज पञ्चै बाजा सार्वजनिक भएको छ । दिपक वसन्त कार्कीको लय र शब्द,स्वर लाली वुढाथोकीको रहेको एल्बमलाई विहानी डिजिटल प्रा.लि ले हालैमात्र बजारमा ल्याएको हो । पञ्चैबाजामा पुलाचौर र भकिम्लीमा रहेको स्वार्गाश्रम धार्मिक क्षेत्रलाई समेटीएको छ ।
म्याग्दीका विभिन्न स्थानहरुमा छायङकन गरिएको गीतमा जिल्लाको पहिचान झल्किने दृष्यहरु समावेश छन् । साथै छिमेकी जिल्ला पर्वत मल्लाजको महत्वलाई पनि उजागर गरिएको छ । जिल्लाको पर्यटकीय स्थालहरुलाई गीतमा समावेश गरिएको छ । हालैमात्र मुजिक भिडियोको  भकिम्लीमा छायङकन गरिएको थियो ।
हेर्नुहोस भिडियो