ताजा समाचार:
Search

हितकोषबाट सहयोग

विकल्प न्युज
बेनी ,साउन ०२ गते । म्याग्दी उद्योग वाणिज्य संघले ब्यवसायिक हित कोषबाट बुधबार अभिभावक गुमाएका व्यवसायीलाई सहयोग गरेको छ ।

न्युरोडका फेन्सी ब्यवसायी शिव श्रेष्ठका परिवारलाई पच्चिस हजार रुपैयाँ सहयोग गरेको हो । श्रेष्ठकी आमा मायादेवी श्रेष्ठको नौ दिनअघि निधन भएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ, प्रदेश सदस्य कुबिर श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य लगायत पदाधीकारी तथा सदस्यहरुको टोलीले रकम हस्तान्तरण गरेको थियो ।

संघका सदस्य ब्यवसायीको निधन भएमा ७५ हजार, परिवारका सदस्यको निधन हुँदा २५ हजार र विपद्बाट प्रभावीतलाई सहयोग गर्न हित कोष स्थापना गरेको महासचिव लीलाराम गौतमले बताउनुभयो ।