यस्तो छ बेनी नगरपालिकाको चालु आर्थिक बर्ष ०७६/०७७ नीति तथा कार्यक्रम

यस वेनी नगरपालिकाका उप प्रमुखज्यू, नगर सभाका सदस्यज्यूहरु,

नेपालको संविधान २०७२ को भाग १९ धारा २३० वमोजिम राजश्व र व्ययको अनुमानको व्यवस्था भए अनुरुप आगामी आ.व.०७६/०७७का लागि वेनी नगरपालिकाको बजेट तथा कार्यक्रम समेतलाई दिशानिर्देश सहितको नीति तथा कार्यक्रम यस गरिमामय सभामा प्रस्तुत गर्न पाउँदा म ज्यादै हर्षित एवं गौरवान्वित भएकोछु । यस अवसरमा राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र, र जनजीविका प्राप्तिको आन्दोलनका विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । राष्ट्रिय स्वाधीनता, स्वाभिमान, लोकतन्त्र, सङ्घीयता, जनजीविका, सुशासन र समृद्धि प्राप्तिको आन्दोलनमा क्रान्तिको नेतृत्व गर्नु हुने नेताहरू,

घाईते, अपाङ्ग, वेपत्ता, नागरिक समाज, सञ्चार जगत र जनसमुदाय प्रति उच्च सम्मान व्यक्त गर्न चाहान्छु ।
नेपालको संविधान २०७२ ले परिकल्पना गरेको तीन तहको सरकार सञ्चालन गर्ने व्यवस्था अनुरुप २०७४ साल बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले संवैधानिक व्यवस्थावमोजिम प्रथम नगर सभावाट नगरबासीको चाहना र इच्छा अनुसारका योजनाहरुलाई प्राथमिकता निर्धारण गरी नीति तथा कार्यक्रम तय गरिएको थियो ।
नेपालको संविधान २०७२ बमोजिम सहकारिता, सहअस्तित्व र समन्वयकारी ढंगबाट संघीय राज्य प्रणाली सञ्चालन हुने व्यवस्था अनुरुपराज्यको पुनःसंरचना पछिप्रदेश र संघीयसरकार स्थापना भएको अवस्था र स्थानीय तह सरकार संचालन ऐन, २०७४आइसकेको अवस्थामा कार्यक्रमलाई अगाडी बढाउन सहज भएकाले पनिनिर्वाचन पछिको दुई वर्षमा नगरलाई आवश्यक पर्ने ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड, लगायतका कानुनहरु निर्माण, वडा कार्यालयहरु सम्बन्धित वडाहरुमा स्थापना, विभिन्न वडाहरुमा इन्टरनेटको जडान,नगरका विभिन्न वडाहरुमा बाटो तथा सडकहरुको ट्रयाक निर्माण तथा सडक सुधार, पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार विकास, कृषि तथा पशुतर्फ किसानहरुलाई अनुदान वितरण, लक्षित समुदायका महिलाहरुका लागि विभिन्न सीपमुलक कार्यक्रम सञ्चालन, जनप्रतिनिधि एवं कर्मचारीहरुको अध्ययन अवलोकन तथा क्षमता अभिवृद्धि तालिम, नगरस्तरीय घुम्ती कार्यक्रम सञ्चालन, नगर क्षेत्रमा रहेका महत्वपुर्ण ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुको खोजी तथा संरक्षण,नगरको समग्र शैक्षिक अवस्थाका बारेमा सरोकारवालाहरुसंग आवश्यक छलफल, आधारभूत तहको नगरस्तरीय परिक्षा सञ्चालन,कार्यालयको आन्तरिक भौतिक तथा प्रशासनिक क्षेत्रमा सुधार लगायतका कार्यहरु सम्पन्न गरेका छौ । यसरी दुई वर्षमा राष्ट्रियता, मानवअधिकार, लोकतन्त्र, विधिको शासन, सामाजिक न्याय र समृद्धिलाई ध्यान दिदै नगरपालिकालाई अति आवश्यक कानूनहरु निर्माणका साथै विकास निर्माणका कार्यहरु पनि संगसंगै अगाडी बढाएका छौ ।

नगरसभाका सदस्य मित्रहरू,यस नगरपालिकालाई आर्थिक रुपले आत्मनिर्भर र समुन्नत बनाउन देहाय बमोजिम नीति तथा कार्यक्रम तय गरिएको छ ।

नीतिहरुः
१. नगरको नीति कार्यक्रमलाई केन्द्र र प्रदेशको बजेटसंग तादाम्यता मिलाईने छ ।
२. संघीय सरकारको “समृद्ध नेपाल सुखी नेपाली” भन्ने नारासंग तादात्म्यता रहने गरि आर्थिक सम्वृद्धि क्षेत्रलाई प्राथमिकता दिइनेछ ।
३. नगरपालिकाको केन्द्र देखि वडा कार्यालय सम्मको सडकलाई स्तरोन्नति गर्न प्राथमिकता दिइनेछ ।
४. नगर विकासकायोजनाहरु निजी, सहकारी, सार्वजनिक र साझेदारीमा सम्पन्न हुने गरी बजेटको व्यवस्था गरिनेछ ।
५. स्थानीय सरकार संचालन ऐन २०७४ को मर्म अनुसार प्रत्येक वडा कार्यालयलाई सम्पूर्ण विषयगत क्षेत्रको विकास गर्न थप जिम्मेवारी प्रदान गर्दै अगाडि बढाईने छ ।
६. लागत प्रतिफल र सामाजिक दायित्वका हिसावले औचित्यपूर्ण योजनाहरुलाई प्राथमिकता दिइनेछ ।
७. नदी, खोला, ताल तथा जलाधार संरक्षण गरी पर्यावरणीय सन्तुलन कायम गरिने छ ।
८.नगरको कृषि तथा पशुपालन क्षेत्रको व्यवसायिकरणगर्न प्राथमिकता दिइनेछ ।
९. एक वडा, एक युवा क्लव, एक खेल मैदान कार्यक्रम मार्फत युवा तथा वालवालिकाको क्षमता विकास गरिनेछ ।
१०. नगरका हरेक योजना तथा कार्यमा महिलाहरुलाई केन्द्रित गरि आर्थिक रुपले सशक्तिकरण गर्दै लैगिक समानता रसमावेशीमैत्री कार्यलाई प्रोत्साहन गरिनेछ ।
११. नगरमा रहेका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास तथा प्रवद्र्धन र संजालीकरण मार्फत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने छ ।

नगर सभाको सदस्य मित्रहरू,

यस नगरपालिकाको आगामी आर्थिक वर्ष ०७६÷०७७ का कार्यक्रमहरू निम्नानुसार पेश गरेको छु ।

१.आर्थिक क्षेत्र

क. नगरपालिका क्षेत्र भित्र रहेका आन्तरिक आयका स्रोतहरुको पहिचान र उचित व्यवस्थापन गरी आन्तरिक स्रोत बढाउँदै लगिने छ।
ख. स्थानीय तहको एकल अधिकार क्षेत्रभित्र रहेका कर एवम् दस्तुरका क्षेत्रहरुकोे पहिचान गरी कर सङ्कलन तथा व्यवस्थापनलाई उपयुक्त नीति बनाई स्रोत परिचालन गरिने छ।
ग. सम्पत्ति करलाई राजश्वको मूल आधारको रुपमा विकास गरिने छ।
घ. ब्यवसाय कर, बहालकर तथा अन्य स्रोतहरुको लगत अध्यावधिक र म्ष्नष्तष्शभम गर्दै लगिने छ।
ङ. नगर क्षेत्रमा कर दाता शिक्षा मार्फत कर तिर्न उत्साहित गरिने छ ।
च. जुन क्षेत्रबाट कर उठेको छ उक्त क्षेत्रमा असुल भएको करको केही प्रतिशतसम्म रकम सोही क्षेत्रको पूर्वाधार निर्माणमा खर्च गर्ने गरी प्राथमिकता दिईने छ।
छ. हालसम्म रहेको करको बक्यौतालाई असुल गर्न तीव्रता दिईने छ। कर चुक्ता प्रमाण पेश नगरेसम्म नगपालिकाबाट प्रदान गरिने सम्पूर्ण सुविधाहरु रोक्का गरिने छ ।कर तिर्ने दायित्व भएका व्यक्तिले बार्षिक कर एकमुष्ट रुपमा प्रथम तीन महिना भित्र (असोज मसान्त) कर बुझाएमा १०% सम्म छुट दिइने छ ।
ज. हालसम्म रहेको पेश्की तथा वेरुजु फछर्याैट प्रकृयालाई तीव्रता दिइने छ।यसका लागि नगरपालिकाको आर्थिक प्रशासन शाखाको क्षमता अभिवृद्धि गरिने छ।
झ. घर बहाल करलाई ब्यवस्थित बनाउदै लगिने छ।
ञ. व्यवसायिक रुपमा कृषि तथा पशु जन्य उत्पादन गर्ने कृषकलाई प्रोत्साहित गरिने छ साथै कृषि तथा पशु विमा गर्र्ने िकसानहरुलाई विमा प्रिमियम खर्चमा २५% सम्म अनुदान दिने व्यवस्था गरिने छ ।
ट. एक वडा एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिइने छ ।
ठ. सहकारीहरुको ब्यवस्थित परिचालन र नियमन गरिने छ साथै सहकारी खेती गर्ने किसानलाई प्रोत्साहन गरिने छ ।
ड. सहकारी, गैरसरकारी र निजी क्षेत्रलाई सामाजिक परिचालन, आय आर्जन र उद्यमशिलता विकासमा परिचालन गरिने छ ।
ढ. अण्डा, दूध र मासुमा आत्मनिर्भर वन्ने खालका कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।
ण. ग्रामिण क्षेत्रमा साना खालका सिंचाई योजनालाई प्राथमिकता दिइनेछ ।

२. सामाजिक क्षेत्र
क. नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थी अनुपातका आधारमा दरबन्दी मिलान गरी शिक्षकको व्यवस्थापनलाई प्राथमिकता दिइनेछ ।
ख आधारभूत, माध्यामिक तह शिक्षा संचालनका लागि नगर शिक्षा कार्यविधिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरि व्यवस्थित गरिनेछ ।
ग. नीजि तथा संस्थागत विद्यालयहरुले शिक्षा क्षेत्रमा पु¥याएको योगदानलाई सम्मान गर्दै ती विद्यालयहरुले दिइरहेको सेवालाई प्रभावकारी एवं जनमुखी वनाउन आवश्यक सहभागिता र सहकार्य गरिनेछ ।
घ. शिक्षा क्षेत्रका विद्यमानमा देखिएका शैक्षिक गुणस्तरको विश्लेषण गरी नगर क्षेत्रमा सञ्चालनमा रहेका विद्यालयहरुको बर्गिकरण गरिने छ।
ङ. शिक्षाको गुणस्तर अभिवृद्धिका लागि समसामयिक शिक्षण बिधि तथा कक्षा ब्यवस्थापन एवम् क्ष्ऋत् को प्रयोग गर्न शिक्षकहरुको क्षमता अभिवृद्धि गरिने छ। प्राथमिक कक्षा पढाईलाई प्रवद्र्धन गरिनेछ ।
च. विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अन्य सरोकारवालाहरुको क्षमता अभिवृद्धि गरी विद्यालय सुशासन ब्यवस्थापन र पारदर्शिता कायम गरिने छ।
छ. शिक्षणमा गुणस्तर अभिवृद्धिका लागि शिक्षकले शिक्षण कार्यमा बिताउने समय (त्ष्mभ यल त्बकप) अभिवृद्धि गर्न विद्यालयका प्रधानाध्यापकहरुलाई विशेष अभिमुखीकरण गरी अभिलेख राख्ने पद्धतिको विकास गरिने छ।
ज. सामुदायिक विद्यालयको भौतिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति संग आवश्यक समन्वय गरी क्रमश अघि बढाइने छ।
झ. नगर शिक्षा योजना र स्थानीय पाठ्यक्रम कार्यान्वयनका लागि आवश्यक पहल गरिने छ ।
ञ. नगरपालिका क्षेत्रमा पूर्व स्वीकृत बिना सञ्चालन गरिएका निजी छात्रवासहरुलाई नियमन गरी करको दायरामा ल्याईने छ ।
ट. उत्कृष्ठ विद्यालयको छनौट गरी त्यस्ता विद्यालयलाई थप प्रोत्साहित गरिनेछ ।
ठ. सामुदायिक विद्यालयवाट क्भ्भ्मा उत्कष्ठ अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहन गरिनेछ ।
ड. प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित गरिनेछ ।
ढ. युवा वर्गलाई स्वरोजगार वनाउन नमूनाका रुपमा शीममूलक तालिमको शुरुवात गरिने छ ।
ण. हाल भै रहेका सामाजिक सुरक्षाका ब्यवस्थालाई निरन्तरता दिईनेछ । एकल महिला, अपाङ्गता भएका ब्यक्ति, दलित, जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षालाई प्राथमिकता दिईने छ ।
त. वडामा छरिएर रहेका आमा समूहलाई एकीकृत गरी महिला सञ्जाल गठनलाई निरन्तरता दिइने छ ।
थ. नगर क्षेत्रमा रहेका धार्मिक क्षेत्र (गलेश्वरधाम, पुलाश्रम, जगन्नाथ मन्दिर, कपिलाश्रम, स्वर्गाश्रम, ज्यामरुककोट, वेनीकोट भण्डार, गुफाराम मन्दिर जस्ता धार्मिक र साँस्कृतिक सम्पदाहरु) को पूर्वाधार विकास गरी उक्त क्षेत्रलाई धार्मिक पर्यटकीय सर्किटको रुपमा विकास गर्न प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरिने छ।
द. तातोपानी क्षेत्रमा रहेको तातोपानीका मुलहरुलाई प्राकृतिक चिकित्साको रुपमा उपयोग गरिने साथै हाल सञ्चालनमा रहेको तातोपानी कुण्डलाई व्यवस्थित गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने छ। तातोपानी वजार क्षेत्रको नाली र सडकलाई व्यवस्थित गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
ध. स्थानीय कला, सँस्कृतिको संरक्षण र संवद्र्धनमा जोड दिईने छ। रामायण पार्कलाई डिपिआरका
आधारमा संरचना निर्माणको थालनी गरी यसको प्रचार प्रसार गरिनेछ
न. स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाहरुलाई थप प्रभावकारी बनाउन सरोकारवालाहरुसंग छलफल गर्दै आगामी कदमहरु चालिने छ।
प. स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिहरुको क्षमता विकासका कार्यक्रमहरु केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी सञ्चालन गरिने छ।
फ. नगरपालिका क्षेत्रभित्र वसोवास गर्ने न्यून आय भएका एच.आइ.भी. पीडितलाई यातायात खर्च उपलव्ध गराइनेछ ।
ब. पूर्ण खोपको दीगोपना, आमा शिशु स्याहार कार्यक्रम, पोषण एवम् नियमित खोप कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
भ. जेष्ठ नागरिक, अपाङ्ग असहाय वर्गको स्वास्थ्य विमालाई निरन्तरता प्रदान गरिएको छ।
म. महामारी नियन्त्रण र व्यवस्थापनका लागि च्बउष्मच्भकउयलकभ भ्mभचनभलअथ ँगलम को व्यवस्था गरिने छ ।
य. आवश्यकता अनुसार वडाहरुमा केन्द्रित भै घुम्ती स्वास्थ्य÷योग शिविर सञ्चालन गरिने छ ।
र. खानेपानी जनताको पहिलो अधिकार हो । यसलाई कार्यान्वयनमा लैजान एक घर एक धारा निर्माणको कर्यक्रमलाई निरन्तरता दिइने छ।
ल. हाल भै रहेका खानेपानीका स्रोतहरुको मर्मत सम्भार र सुधार गर्दै लगिने छ। साथै खानेपानीका मुहान संरक्षण, सम्पन्न योजनाको दिगोपना र संरक्षण तथा संवद्र्धनमा उपभोक्तालाई जवाफदेही बनाइने छ ।
व. खानेपानीको वृहत योजनाका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिने छ ।

२२. वातावरण र विपद ब्यवस्थापन

क. सफा सहर निर्माणका लागि स्वच्छता मुलक कार्यक्रम सञ्चालन गरिने छ ।
ख. फोहोरमैलाको अल्पकालिन र दीर्घकालिन ब्यवस्थापनका लागी घच् (फोहोर घटाउने, पुननिर्माण,
पुर्नउत्पादन) का सिद्धान्तलाई ब्यवहारमै कार्यान्वयन गर्न प्राथमिकता दिइने छ।
नगरलाई स्वच्छ र सफा राख्न कार्यलाई प्राथमिकता दिइनेछ । फोहोरमैला व्यवस्थित गर्ने कार्यमा निजी क्षेत्रसँगको समन्वय र सहकार्यलाई निरन्तरता दिइने छ।

२३. पूर्वाधार विकास
क. नगरपालिकाको केन्द्रबाट सवै वडा जोड्ने सडकहरु १२ महिना निर्वाध रुपमा मोटर चल्ने गरी
स्तरोन्नति गर्ने तथा नगरभित्र रहेका रणनीतिक सडकहरु क्रमशः कालोपत्रे गर्ने कार्यलाई प्राथमिकता
दिइनेछ ।
ख. सङ्घीय एवं प्रदेश सरकारले तोकेको मार्गदर्शन एवं राष्ट्रिय भवन संहिताका आधारमा निर्धारण गरिएको भवन निर्माण सम्बन्धी मापदण्डलाई आधार मानी स्थानीय आवश्यकताका आधारमा समग्र सहरी विकास तथा भौतिक पूर्वाधार निर्माणलाई अगाडि बढाइने छ।
ग. नगरपालिकाको सहरी क्षेत्र (वडा नं.७ र ८) मा घर नं. प्रदान गर्ने र सो आधारमा प्रत्यक घरको लगत तयार गर्ने कार्यलाई प्राथमिकता दिइने छ।
घ. नगर क्षेत्र भित्र पर्यटन, यातायात, खेलकुद, खानेपानी तथा सरसफाइका क्षेत्रमा सार्वजनिक निजी साझेदारीका आधारमा सञ्चालन गर्न प्राथमिकता दिइनेछ।
ङ. नगरक्षेत्रको सबै नगरबासीको पँहुच बढाउन आवश्यकता र औचित्यको आधारमा नयाँ सडकको निर्माणभन्दा भएको सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राखिने छ।
च. नगरपालिका क्षेत्रमा रहेका खरका छाना भएका घरहरुलाई खरको छाना मुक्त अभियानलाई निरन्तरता दिइनेछ ।
छ. नगरपालिका क्षेत्रका विद्युतका काठका पोललाई विस्थापित गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

२४. सुशासन तथा सेवा प्रवाह
क. नगरपालिकाबाट उपलब्ध गराईने सेवालाई सेवाग्राही मैत्री बनाउँदै लैजानका लागि नागरिक सहायता कक्ष र कर्मचारीको ब्यवस्था गरिनेछ।
ख. जेष्ठ नागरिक, गर्भवती महिलालाई प्राथमिकतामा राखी सेवा प्रवाह गरिने छ।
ग. स्तनपान तथा वाल शयन कक्ष निर्माण तथा संचालनलाई प्राथमिकता दिइनेछ ।
घ. नगरपालिकाको व्यवस्थापन सूचना प्रणाली (ःक्ष्क्) लाई व्यवस्थित गरिनेछ ।
ङ. सबै कर्मचारीलाई कार्य बिवरण प्रदान गरी सो कार्य बिवरणका आधारमा कामको मूल्याङ्कन गरी दण्ड र पुरस्कारको व्यवस्था गर्ने कार्यलाई प्राथमिकता दिइनेछ। साथै कर्मचारीको योग्यता र क्षमताको आधारमा आवश्यक जिम्मेवारी प्रदान गरिने छ ।
च. नगरपालिकाको प्रत्येक शाखालाई प्रविधिमैत्री बनाईने छ।
छ नगरपालिका र वडा कार्यालय वीच हुने संचारलाई विद्युतीय माध्यमवाट गर्ने कार्यको शुरुवात गरिने

२५. अनुगमन तथा मुल्याङ्कन
क. नगरपालिकामा सञ्चालन गरिने योजना तथा कार्यक्रमलाई गुणस्तरीय, छिटो छरितो रुपमा सम्पन्न गर्न प्रत्येक आ.व.को पुष मसान्तसम्म सम्झौता गर्ने बैशाख मसान्तसम्म सम्पन्न गरी सो को भुक्तानी जेठ महिना भित्र फरफारक गर्ने गरी व्यवस्था गरिने छ।
ख. नगरपालिकाबाट सञ्चालन हुने सबै योजना तथा कार्यक्रमहरुको नियमित तथा आकस्मिक अनुगमन एवं सुपरिवेक्षण गरी प्रभावकारी बनाइने छ।
ग. उपभोक्ता समितिको गठन प्रक्रिया रसमितिको कार्य प्रणालीलाई थप पारदर्शी बनाईने छ । धन्यवाद !

नगरप्रमुख
हरिकुमार श्रेष्ठ
बेनी नगरपालिका