ताजा समाचार:
Search

वेष्ट पोइन्टलाई राष्ट्रिय स्तरको उत्कृष्ट मावि सम्मान

विकल्प न्यूज/बेनी
असार ३१ गते ।
न्यु वेष्ट पोइन्ट आवासीय माविले बिजय उत्सव तथा र्याली निकालेको छ । पाचौं जिल्ला स्तारिय अन्तर मावि राष्ट्रपति रनिंग शिल्डको जित र असार २८ गते राष्ट्रिय स्तरको उत्कृष्ट मावि सम्मान प्राप्त गरेपछिको खुसियालीमा सो ¥र्याली निकालिएको हो ।

नागरिक एकता समाज काठमाडौँले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका उत्कृष्ट माविलाई गरेको सम्मानमा म्याग्दीबाट न्यु वेष्ट पोइन्टले सो सम्मान प्राप्त गरेको हो ।

राष्ट्रिय नाचघर जमल काठमान्डूमा एक भब्य कार्यक्रममा महामहिम पुर्व उपराष्ट्रपति परमानन्द झाले सो सम्मान प्रदान गर्नु भएको थियो । यसरी राष्ट्रिय स्तरमा नै एक स्वतन्त्र निकायले गरेको मूल्यांकनको आधारमा राष्ट्रिय स्तरमा सम्मानित हुदा विद्यालयले आफ्ना अभिभाबक, पुर्व विद्याथी, शिक्षक, कर्मचारी, शिक्षक, अभिभाबक संघ, विद्यालय व्यबस्थापन समिति, शुभचिन्तक लगायत सबैप्रति आभार प्रकट गर्दै खुसियालीमा ¥र्याली निकालेको विद्यालयले बताएको छ ।

त्यसैगरी असार २४ र २५ गते बेनीमा सम्पन्न पाचौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा स्वर्ण पदकको अआधरमा कुल १३ स्वर्ण पदक प्राप्त गर्दै लगातार पाचौं पटक पनि जिल्लास्तरीय प्रतियोगीता जितेपछि त्यसको खुसियालीमा बिजय उत्सव मनाएको हो । ¥र्यालीमा कक्षा ५ देखि १० सम्मका विद्याथीर्, शिक्षक, कर्मचार,ी संचालक, अभिभाबक लगायत सहभागीता रहेको थियो । विभिन्न जातजातिका झाँकी पन्चेबाजा सहितको ¥र्यालीले अस्पताल चोक, शिक्षामार्ग, न्युरोड, लोकतान्त्रिक चोक, बालमन्दिर चोक, संगमचोक हुदै विद्यालय परिसरमा आएर टुंगिएको थियो ।

¥र्याली पछिको सभामा राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरुलाई सम्मान गरिएको छ । विद्यालयले खेलाडीहरुलाई उनीहरुले प्राप्त गरेको पदकको आधारमा नगद पुरस्कार प्रदान र बिबिएस सम्मको छात्रवृतिको प्रदान गरेको छ । कार्यक्रमा खेल शिक्षकहरुलाई समेत सम्मानित भएका छन ।

¥र्याली समापन तथा बधाई एवं शुभकामना आदान प्रदान कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष दिलकुमार श्रेष्ठ, खेल शिक्षक दिपेन राई र जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगायतले शुभकामना मन्ंतब्य ब्यक्त गरेका थिए ।

अध्यक्ष विश्वकर्माले यसरी लगातार पाचौं पटक सम्म उपाधि जित्ने खेलाडी अव राष्ट्रिय स्तरमा नै प्रतिनिधित्व गर्न सक्षम हुन सकुन भन्दै विद्यार्थी खेलाडीलाई सफल खेल जीवनको शुभकामना र विद्यालयलाई समेत बधाई दिनुभएको थियो ।

विद्यालयले हरेक वर्ष प्रदान गर्दै आएको वेष्ट पोइन्ट स्पोर्ट स्टार अवार्ड यस बर्ष इश्वर सेन्चुरीले प्राप्त गरेका छन । उनलाई नगद, दोसल्ला र ट्रफीद्वारा सम्मान गरिएको थियो ।

वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रिन्सिपल डि बि दाहाल र संचालन भाइस प्रिन्सिपल कृष्ण जिसीले गरेको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।