म्याग्दी हिस्तानकी तारादेवी पुनलाइ कास्य पदक

म्याग्दीकी तारादेवी पुनले १२ औ दक्षिण एशियाली खेलकुद अन्र्तरगत भारात्तोलन ७५ किलोमाथिको तौल समुहमा कास्य पदक जितेकी छन् । हिस्तान गाविसमा जन्मिएकी पुनले स्न्याचतर्फ ७० किलो र क्लिन एन्ड जर्कमा ९५ केजी भार वहन गरिन् । उक्त स्पर्धामा ताराकै नाममा राष्ट्रिय कीर्तिमान छ । पुन २०५९ सालबाट भारोत्तोलनमा प्रवेश गरी राष्ट्रियस्तरका दर्जनौ खेलमा उत्कृष्ट भएकी छन् म्याग्देली चेलीले पदक जितेपछि स्वदेश तथा विदेशबाट बधाईको ओईरो आइरहेको छ ।

12698728_1063077383750754_236251211_o (1)