निर्माण व्यवसायी संघद्धारा गुल्मपतिलाई विदाई

विकल्प न्यूज/बेनी
असार ३० गते । १३ महिनाको म्याग्दी बसाईपछि सरुवा भएर जानु लाग्नुभएका श्रीबक्स गुल्मका गुल्मपति राजन दाहाललाई निर्माण व्यवसायी संघ म्याग्दीले सम्मान सहित विदाई गरेको छ ।

आईतवार बेनीमा एक कार्यक्रमको आयोजना गरेर संघले गुल्मपति दाहाललाई विदाई गरेको हो ।

जिल्लामा रहदा विपद् व्यवस्थापन र राहत उद्दारमा नेपाली सेनाले खेलेको भूमिकालाई सम्मान गर्दै गुल्मपति दाहाललाई सम्मान सहित विदाई गरिएको संघका अध्यक्ष नारायण जिसीले बताउनुभयो । कार्यक्रममा संघका सल्लाहकार विरबहादुर थापाले नागरिक सँगको सम्बन्धलाई सहज र सरल बनाउन गुल्मपति दाहालले खेलेको भूमिकालाई प्रशंसा गर्नुभएको थियो । प्राकृतिक प्रकोपका समयमा राहत र उद्दारमा श्री बक्स गुल्मले खेलेको भूमिका महत्वपूर्ण भएको उहाँले बताउनुभयो । संघका अध्यक्ष जिसीको अध्यक्षता,महासचिव अमृतमान श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विपिन खड्काले स्वागत गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका निर्माण व्यवसायीहरुको सहभागिता रहेको थियो ।