लायन्स क्लब अफ बेनी पिस सिटीमा  कुर्ची हस्तान्तरण

विकल्प न्युज

म्याग्दी ,असार २८ गते ।
म्याग्दीको बेनीमा रहेको लायन्स क्लव अफ बेनी पिससिटीमा अध्यक्षको नेतृत्व हस्तान्त्रण गरिएको छ । शनिबार बेनीमा एक कार्यक्रमका विच नयाँ सन ०१८र०१९ का अध्यक्ष लोश बहादुर पुन मगर (लोकेश )ले वर्ष ०१९र०२० का अध्यक्ष नरेश श्रेष्ठलाई कुर्ची, लोगो अंकित माला हस्तान्त्रण गर्नुभएको हो ।


यसैगरी लायन्स क्लव अफ बेनी पिससिटीको वर्ष ०१९र०२० का लागी प्रथम, द्वितिय र तृतिय उपाध्यक्षमा क्रमश ः खमबहादुर थापा मगर, सुवर्ण रिजाल र भोजबहादुर रिजाल चयन हुनुभएको छ ।


सचिवमा विरेन्द्र श्रेष्ठ, क्लव प्रशासनमा सन्दीप खत्री, कोषाध्यक्षमा सचिन चौधरी, सदस्यता संयोजक वामदेव रिजाल, क्लिफ संयोजक नन्दु पाईजा, क्लव मार्के्टिङ दीपक श्रेष्ठ र निर्देशकहरुमा निराजन श्रेष्ठ, हरीकृष्ण गौतम, दिपेन्द्र फागामी, दुर्गा बुढा मगर, श्याम थापा मगर, मिलन श्रेष्ठ, लक्ष्मण शर्मा र जनेश श्रेष्ठ रहनुभएको छ ।


सोही कार्यक्रममा क्लवका संस्थापक राजेश शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पिस सिटीले अपाङ्ग भएका बेनी नडगरपालिका ३ का कृष्ण घिमिरेलाई थप उपचारकालागी २५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।


कुर्ची हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष लोकेशले लायन्स क्लब नितान्त मानविय सेवामा समर्पित संस्था भएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा अक्षयकोष स्थापना देखी लिएर भिविन्न २६ वटा सामाजिक कार्य गरेको सुनाउनुभयो ।