नेपालले मलेसियालाई ७ विकेटले हरायो

काठमाण्डौं ,असार २८ गते ।
कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरेपछि पहिलो अन्तर्राष्ट्रिय टी(२० खेलमा नेपालले मलेसियालाई शनिबार ७ विकेटले हराएको छ। मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८।३ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो।

नेपालको जितमा कप्तान पारसले नटआउट ८६ रनको योगदान गरे। टी(२० खेलमा पारसको यो दोस्रो अर्धशतक तथा व्यक्तिगत उच्च स्कोर हो। साथै टी(२० मा नेपाली ब्याट्सम्यानले प्रहार गरेको यो व्यक्तिगत उच्च स्कोर समेत हो।

उत्कृष्ट लयमा देखिएका पारसले ५० बलमा ८ चौका र ५ छक्का हिर्काए। पारस खेलको म्यान अफ दि म्याच भए।

शरद भेषवाकारले नटआउट १६ रन जोडे। उनले २० बलमा १ चौका हिर्काए।त्यसअघि पारससँग ओपनिङमा आएका प्रदीप ऐरीले ८ रन मात्र जोड्न सके। ज्ञानेन्द्र मल्ल २० रनमा ७ रन जोडेर आउट भए। रोहितकुमार पौडेलले ५ रन मात्र जोड्न सके।

बलिङमा मलेसियाका अनवार रहामानले २ विकेट लिए। क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम मलेसियाले २० ओभरमा ९ विकेटको क्षतिमा १२८ रन जोडेको थियो।

मलेसियाका लागि ओपनर विरन्दीप सिंहले ५७ रनको योगदान दिए। उनले ४९ बलमा ७ चौका र १ छक्का हर्काए। कप्तान अहमेद फायजले ४५ रन जोडे। उनले ३९ बलमा २ छक्का प्रहार गरे।

अर्का ओपनर सयेद अजिज भने शून्यमै आउट भएका थिए। उनलाई सोमपाल कामीले बोल्ड गरे। फित्री सामले १२ रन जोड्दा साफिक सारिफ २ रन र अमिमिद्दीन राम्मी मा पेभिलियन फर्के।

बलिङमा नेपालका लागि करण केसीले ३ विकेट लिए। उनले ३ वटै विकेट अन्तिम ओभरमा लिएका थिए ।सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २(२ विकेट लिए। सोमपाल कामीको नाममा १ विकेट रह्यो।

दोस्रो टी(२० खेल आइतबार किनरारा ओभलमै हुनेछ। नेपालले आगामी साउन ६ गतेदेखि सिंगापुरमा हुने आइसिसी टी(२० विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीका लागि मलेसियासँग सिरिज खेलेको हो। सेतोािटी