ताजा समाचार:
Search

बेनीमा किटजन्य रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण

विकल्प न्युज
म्याग्दी ,असार २७ गते ।
जिल्लाको सदरमुकाम बेनीमा किटजन्य डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बेनी ,म्याग्दीको आयोजनामा शुक्रबार बेनीमा जनप्रतिनिधी,स्वास्थ्यकर्र्मी,स्वयंसेवक ,विद्यार्थी तथा सरोकारवाला विच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका खोप अधिकृत एकनारायण लम्सालले डेंगु रोग नियन्त्रण गर्ने उपाय, डेंगु रोग बाट बच्ने उपाय , डेंगु रोग कसरी सर्छ भन्ने बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै खोप अधिकृत लम्सालले टायर तथा प्लासटिक लगाएतमा जमेको पानीमा लामखुटटे्ले लार्भा हुर्काउने बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्याल म्याग्दीका प्रमुख भिमप्रसाद आचार्यले डेंगु रोग बाट बाच्नका लागी टायर,प्लासटिक लगाएतमा जमेको पानीमा लामखुटटे्ले हुर्काएको लार्भालाइ नष्ट गर्न र जमेको पानी सफा गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा ज्रिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रवहादुर केसीले डेंगु रोगबाट बच्न सबैले सरसफाईमा ध्यान दिुनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी सोही कार्यक्रममा शुक्रबार डेंगु ज्वरो रोगको प्रकोप रोकथाम तथा नियन्त्रणको लागी बेनी बजार क्षेत्रका सरकारी कार्यालयका पानी राख्ने भाडा, ट्यांकी, खाल्डाखुल्डी पुर्ने र पानीमा लामखुट्टेको बसाई रहेको हेरी खोजतलास गरी नष्ट गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख केसीको अध्यक्षता ,स्वास्थ्य कार्यालयका अधिृत रघुनाथ रेग्मीको स्वागत मन्तव्यमा कार्यक्रम समापन भएको थियो ।