युवा सञ्जालले जुटायो मृगौला पीडित मगरलाई ५० हजार

विकल्प न्यूज/बेनी
असार २६ गते ।  जिल्ला युवा सञ्जालले मृगौला पीडितलाई पचास हजार ६ सय ५१ रुपियाँ सहयोग जुटाएको छ । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित ५५ वर्षीय दीपबहादुर बुढामगरको उपचारमा सहयोग पु¥याउन विहिवार बेनीमा युवा सञ्जालले सञ्चालन गरेको आर्थिक सहयोग अभियानका क्रममा उक्त रकम संकलन भएको युवा सञ्जालका अध्यक्ष सन्दीप शर्मा रिजालले जानकारी दिनुभयो । परिवारको आर्थिक अवस्था कमजोर भएकाले पीडित मगरको उपचारमा रकम अभाव भएको छ । मगरको दुईवटा मृगौला फेल भएको र उपचारका लागि आर्थिक अभाव भएकोले उपचार सहयोग पु¥याउन युवा सञ्जालले बेनीमा अभियान सञ्चालन रिजालले बताउनुभयो ।

संकलित रकम पोखरा गएर हस्तान्तरण गरिने युवा सञ्जालले जनाएको छ । पीडित मगरको दुइमहिना दखि पोखराको फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ ।