मंगला गाउँपालिकाको पहलमा हिलाम्मे सडक मर्मत

विकल्प न्यूज/बेनी
असार २२ गते ।बेनी दरबाङ सडक अन्तर्गत मंगला गाउँपालिका २ सिमलचौरमा हिलाम्मे भएको सडक मर्मत गरिएको छ । सडकमा पानी र हिलो भरिएर यातायाता र पैदल यात्रा गर्न समेत कठिन भएको समाचार सार्वजनिक भएपछि सर्वत्र आलोचना भएको थियो । सम्बन्धित निकायको लापरबाहीका कारण सर्वसधारणहरुले सास्ती खेप्दै आएका थिए । मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, वडा नम्बर २ का सदस्य राजु पाण्डे र स्थानीय युवाहरु मिलेर हिलाम्मे शनिवार सडकमा ढुङ्गा राखिएको हो । हिलाम्मे सडक मर्मत गरिएपछि सहज भएको छ ।