देविस्थानको देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण

इन्द्रामती फगामी/ विकल्प न्युज
म्याग्दी , असार २१ गते ।
प्रचुर पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मालिका गाउँपालिकाको धार्मिक पर्यटकीय स्थल देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण भएको छ । देउताभिर गुफामा पुजा गर्नाले मनोकाङक्षा पुरा हुने स्थानीयको विश्वास छ । देउता भिर गुफामा विशेष गरेर बुद्ध जयन्तीको अवसरमा पुजा हुने गर्दछ ।

वडा कार्यालयको सिफारिसमा गाउँपालिकाको ५ लाख रुपैयाँ बजेट र गण्डकी प्रदेश सरकारको उद्योगा ,पर्यटन ,वन तथा वातावरण मन्त्रालयको १५ लाख रुपैयाँ बजेटमा सो पदमार्ग निमाण गरिएकोपदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष कुल बहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार दाङखोलादेखी देउता भिर गुफा सम्म करिब एक हजार मिटर पदमार्ग निर्माण हुने भनिए पनि बजेट अभावका कारण यो बर्ष चार सय ८३ मिटर मात्र पदमार्ग निर्माण गरिएको छ । पदमार्गमा रेलिङले घराबार गरिएको छ ।

प्रचुर पर्यटकीय सम्भावना भएपनि प्रचारप्रसार र पुर्वाधार अभावम ओझेलमा परेको धार्मिक पर्यटकीय स्थल देउताभिर गुफामा पुजा गर्न तथा घुम्न आउने पर्यटक र भक्तजनलाई लक्षित गरी पदमार्ग निर्माण गरिएको वडा अध्यक्ष पिपला बुढाले जानकारी दिनुभयो । पदमार्ग निर्माण संगै भक्तजन र पर्यटकलाई सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाले पर्यटकीय एवम् धार्मिक स्थलको पर्यटन पवद्र्धनका लागि गाउँपालिकाले पुर्वाधार निर्माण संगै विभिन्न कार्यक्रमलाई जोढ दिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले जानकारी दिनुभयो ।गाउँपालिका भित्रका पर्यटकीय एवम् धार्मिक स्थलमा र्पटक र भक्तजनलाई लक्षित गरी पुर्वाधार निर्माण संगै विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमका लागि मालिका पर्यटन गुरुयोजना तयार पारिएको अध्यक्ष रोका मगरको भनाई छ ।