विपन्न विद्यार्थीलाई पोशाक वितरण

बेल विश्वकर्मा /विकल्प न्यूज
बाबियाचौर १७ असार । मंगला गाउँपालिकामा दलित समुदायका विपन्न विद्यार्थीहरुलाई मंगलबार पोशाक वितरण गरिएको छ ।

गाउँपालिकाको आर्थिक सहयोग र मंगला दलित दलित संजालको आयोजनामा भएको कार्यक्रममा पालिकाका ५ वटै वडाका ६० जना बालबालिकालाई प्रतिव्यक्ति आठ सय रुपैयाँ मूल्य बराबरको विद्यालय पोशाक वितरण गरिएको हो ।

पोशाक नभएर विद्यालय जान छाड्नुपर्ने अवस्था नआवोस र उहिरुको शिक्षामा सहज होस भनेर पोशाक वितरण गरिएको सञ्जालले जनाएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, वडा न. २ का वडा अध्यक्ष धनबहादुर खाती, कार्यकारी सचिव राजेन्द्र आचार्य, सञ्जालका अध्यक्ष मनकुमार किसानले सामग्री वितरण गर्नुभएको थियो ।

सञ्जालका सचिव टेकबहादुर किसानको स्वागत र सदस्य पृथीलाल विकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।