ताजा समाचार:
Search

विपन्न ४२ परिवारको निशूल्क स्वास्थ्य बिमा

विकल्प न्युज
बेनी,असार ४ गते ।
म्याग्दीको मालिका गाउँपालिका–६ वडाका ४२ विपन्न परिवारको निशूल्क स्वास्थ्य बिमा गरिएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट विपन्न परिवारको शूल्क तिरेर स्वास्थ्य बिमा गरिएको हो । प्रति परिवार ३ हजार ५सय रुपैयाँका दरले शूल्क तिरेर मंगलबार स्वास्थ्य बिमा गरेको वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए ।


उनिहरुले एक वर्ष सम्म सूचिकृत स्वास्थ्य संस्थाबाट एक लाख रुपैयाँ सम्मको औषधी उपचार सेवा प्राप्त गर्नेछन् । विपन्न समुदायको स्वास्थ्य उपचार सेवामा पहुँच बढाउन बिमा गरिएको हो । म्याग्दीमा दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र र बेनी अस्पताल स्वास्थ्य बिमा गरेका नागरिकको उपचारका लागि प्रारम्भिक स्वास्थ्य संस्था तोकिएको छ ।