ताजा समाचार:
Search

बुबा आमाको स्मृतिमा छोराहरुद्धारा विद्यालयलाई सहयोग

विकल्प न्यूज\बेनी
असार ३ गते । यहाँका एक परिवारले स्वर्गीय आमा बुवाको स्मृतिमा विद्यालयलाई शैक्षिक सामाग्री र नगद सहयोग गरेका छन् ।
बेनी नगरपालिका ९ स्थायी घर भई हाल बेनीबजारमा बसोबास गर्नुहुने चिरन्जीवि शर्मा,पुष्कर शर्मा, दामोदर शर्मा र छोरी जमुना र ज्वाई मोहन सुवेदीले स्वर्गीय आमा सावित्री देवी शर्मा आचार्यको वार्षीक पु्ण्य तिथि र बुवा ज्ञामु शर्मा आचार्यको स्मृतिमा बेनपा ९ स्थित तोरीपानीमा रहेको गलेश्वर माविलाई शैक्षिक सामाग्री र नगद सहयोग गर्नुभएको हो ।

मंगलवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर शर्मा परिवारले विद्यालमा अध्ययनरत बालबालिकाको अतिरिक्त क्रियाकलापमा सहयोग पु¥याउन ३३ हजार तिनसय ३३ रुपियाँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोमानसिंह बानियाँ र प्रधानाध्यापक रामप्रसाद सुवेदीलाई हस्तान्तरण गर्नुभएको हो । साथै उक्त अवसरमा विद्यालयलाई दश हजार रुपियाँ बरावरको शैक्षिक सामाग्री पनि सहयोग गरिएको परिवारले जनाएका छन् ।

वार्षीक पुण्य तिथिका दिन हुने फजुल खर्च कटाएर विद्यालयलाई सहयोग गरेको चिरन्जीवि शर्माले जानकारी दिनुभयो । स्मृति र पुण्यतिथिमा गर्ने फजुल खर्चलाई कटाएर विद्यालयमलाई सहयोग गर्नु समाजका लागि नै अनुकरणीय भएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद स्ुवेदीले बताउनुभयो ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बानियाँको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रमको संचालन शिक्षक गणेश बानियाँले गर्नुभएको थियो । कार्यक्रममा सहयोग दाता एवम् विद्यालयका शिक्षक पुस्कर शर्मा र  प्रअ राम प्नसाद सुवेदिले  मनतब्य व्यक्त गर्नुभएको थियो ।